फेब्रुअरी २, भर्जिनिया – डी.एम.भी. युथ एकेडेमीले आयोजना गरेको प्रथम खुला जोडी तथा एकल ब्याडमिन्टन प्रतियोगिता फेब्रुअरी १ मा भर्जिनियाको स्टर्लिङमा सम्पन्न भएको छ।
जोडी तर्फ मेरिल्याण्ड राज्यबाट सहभागी भएका कुल रोक्का र किशोर श्रेष्ठको टिमले प्रथम स्थान हासिल गरेको थियो।
उनीहरूको टिमले फाइनल खेलमा लगातार दुई सेट जित्दै सोही राज्यबाट सहभागी भीम र निसानको टिमलाई पराजित गरेको थियो।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई नगद पुरस्कार तथा पदक प्रदान गरिएको थियो।
त्यसैगरी, एकल ब्याडमिन्टन प्रतियोगितामा कुल रोक्काले प्रथम स्थान हासिल गरेका थिए।
भर्जिनियाबाट सुमन राज बज्राचार्य बेस्ट फेयर प्ले अवार्ड जित्न सफल भएका छन्। उनि सम्पूर्ण परिवारसहित कार्यक्रममा सहभागी भई एकेडेमीको प्रयासको प्रशंसा गरे।
डी.एम.भी. युथ एकेडेमीले खेलकुदको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगितामा जोडी तर्फ ७ तथा एकल तर्फ १४ टिम सहभागी भएका थिए।
पुरस्कार वितरण एकेडेमीका अध्यक्ष प्रदीप कार्की, बोर्ड सदस्यहरू माधव गौतम, प्रदीप घत्री तथा समाजसेवी हरिराम भण्डारी र अच्युत खनियाले गर्नुभएको थियो।
कार्यक्रम सञ्चालन एकेडेमीका बोर्ड सदस्य मिलन गोरखालीले गरेका थिए। उनले आगामी दिनमा एकेडेमीले खेलकुदका विभिन्न प्रतियोगिताहरू अझ व्यापक रूपमा आयोजना गर्ने जानकारी गराएका थिए।
डिएमभि युथ एकाडेमीले व्याडमिन्टन प्रतियोगिता आयोजना गर्नमा मद्दत गर्ने, भर्जिनियाका युबा पूजा खरेल र नेपालका पुराना राष्ट्रिय खेलाडी रोशन पुरीलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छ।
तपाईंहरूको सहयोग बिना यो कार्यक्रम सफल हुन सक्दैनथ्यो। डिएमभि युथ एकाडेमीले सबैलाई धन्यवाद दिएको छ ।
प्रतिक्रिया