अनेसासको बालसमिति २०२५ का कार्यक्रम

इनेप्लिज २०८१ माघ २२ गते २२:५४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )को सर्वज्ञ वाग्ले नेतृत्वको नयाँ कार्यसमितिले आफ्नो जिम्मेवारी सम्हाले देखि नै महत्वपूर्ण कार्यहरू गर्दै आएको छ । कार्यक्रमलाई परंपरागत ढंगबाट मात्र सिमित नरही व्यवहारीक र बैज्ञानिक ढंगबाट अगाडि बढेको पाईन्छ । कार्यसमितिको शुरूवात सँगै नेपाली राष्ट्रिय पोशाकलाई अन्तराष्ट्रिय क्षेत्रमा पहिचान पुर्याउनका लागि नेपाली राष्ट्रिय पोशाक दिवशको घोषढणा गर्न नेपाल सरकारका प्रमुख प्रधान मन्त्रीलाई बोष्टनमा ज्ञापन पत्र दियो । नेपाली राष्ट्रिय पोशाकमा परंपरागत दौरासुरूवाल र साडीमा मात्र सिमित नरही नेपाल भित्र लगाइने सबै जातजातिका भेषभूषालाई लगाएर सन्सारभरका नेपालीले लगाउने हो भने नेपालको पहिचान विश्वव्यापी हुने दीर्घ सोचका साथ यो अभियान शुरू गरेको छ । बर्षमा एक दिन मात्र भए पनि हिमालका बख्खु देखि पहाड तराई र उपत्यकाका सबै मानिसहरूका पहिचानका पोशाकहरू ,घलेक, हाकुपटासी ,धोती,कमिज ,गम्छा ,दौरासुरालकोट, टोपी, गुन्यूचोली जस्ता पोशाक लगाउने राष्ट्रिय पोशाक दिवशको घोषणाको माग गरेको छ । त्यस्तै गरी नेपाली हजुरबा हजुरआमा दिवस मनाउन अनेसास क्यानडाले २०२२ देखि मंशिरको तेश्रो शनिवारलाई शुरू गरेको छ । सो दिनलाई पनि हजुरआमा हजुरबुबा दिवसका रूपमा ज्ञापन पत्रमार्फत अनेसासले नेपाल सरकारसंग अनुरोध गरेको छ । सोका लागि सुरेन उप्रेतीको पहलमा अनेसास नेपालका अध्यक्ष राजेन्द्र केसी अनेसासका केन्द्रिय सदस्य तारा उप्रेतीले नेपालका गृहमन्त्री माननिय रमेश लेखक र संस्कृति मन्त्री माननिय बिक्रम पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ ।

यस्तै गरी बिभिन्न समितिहरू बनाएर नेपाली भाषा साहित्य र संस्कृतिलाई विश्वभरी फैलाउन पहल गरी रहेको छ । यस्तै समितिहरूमा अनेसास केन्द्रका पूर्व महासचिव समेत रहनु भएका सुरेन उप्रेतीको

संयोजकत्वमा अनेसास बाल समिति गठन गर्यो । सो समितिमा गीतकार एवँम् साहित्यकार रामबाबु सुवेदी र डाक्टर प्रकाश पौडैल सल्लाहकार रहनु भएको छ । यस बालसमितिमा अनेसास बाल समिति २०२५ संयोजक: सुरेन उप्रेती क्यानडा

सल्लाहकारहरू:

१ श्री रामबाबु सुवेदी बालगितकार नेपाल
२ श्री डा प्रकाश पौडेल सिड्नी अष्ट्रेलिया

सदस्यहरू:
१ श्री डा. ज्ञानेन्द्र पोखरेल विनिपेग क्यानडा
२ श्री डा दिपक तिवारी डेनमार्क
३ श्री बिष्णु घिमिरे सिड्नी अष्ट्रेलिया
४ श्री जानु ओझा भर्जिनिया अमेरिका
५ श्री गोपाल दाहाल वेल्जियम
६ श्री कृष्ण रेग्मी पेन्सोल्भानिया अमेरिका
७ श्री खड्ग न्यौपाने जर्मनी
८ श्री पद्मा लिङ्खा मगर न्यूयोर्क अमेरिका
९ श्री सुदिप श्रेष्ठ मेलबर्न अष्ट्रेलिया
१० श्री आर सी राई सेसेल्स अफ्रिका
११ श्री मिरा कोइराला जर्जिया अमेरिका
१२ श्री मनिष खत्री बेलायत यूके
१३ श्री गैगादेवी गिरी कतार मध्यपूर्व
१४श्री सौरव कारन्जित वेल्जियम
१५ श्री कालु मेहता जापान रहनु भएको छ ।

बाल समिति २०२५को प्रथम बैठक गत जनवरी, ३१ तारिकका दिन बस्यो । उक्त बैठकमा सबै नयाँ पदाधिकारीहरूको परिचयका साथ उहाँहरूले नेपाली भाषा कक्षाहरू सँचालन गर्दा भएका असहज परिस्थितिहरू र पाठ्यपुस्तकहरु बनाउन गरेका पहलहरूका कठिन तथा रोचक प्रसंगहरू सुनाइएका थिए । बैठकले अल्पकालिन र दीर्घकालिन रूपमा अगाडि बढाउने योजनाको खाका प्रस्तुत र छलफल गरेको थियो । पहिलो चरणमा नेपाली भाषा कक्षाहरू संचालन भएका देशहरूका बालबालिकाहरूलाई कविता तथा गीत वाचन गराउने र आगामी नेपाली नयाँबर्षमा कविता क्यालेण्डरका रूपमा वालवालिकाहरूका कविता र फोटोराखी कविता क्यालेण्डर निकाल्ने निर्णय गर्यो । त्यस्तै गरी दोश्रो तथा दीर्घकालिन योजनामा शिक्षकहरू अविभावकहरूका भेला गर्ने । शिक्षकहरूलाई पठनपाठनमा सहयोग पुर्याउन बिज्ञ व्यक्तीहरू ल्याएर प्रशिक्षित गर्ने । पाठ्यपुस्तकहरूको एकरूपताका लागि पहल गर्ने ।

डिजिटल पाठ्यपुस्तकहरु उपलब्ध गराउने । बिधार्थीहरूलाई अर्को देश र महादेशहरूसँग जोडेर कार्यक्रम गर्ने । कविता, कथा, गीत लेखन तालिमहरू संन्चालन गर्ने । पहिलाको वालसमितिले पारित गरेका बूँदाहरूको व्यवहारिक पक्षहरूलाई हेरेर कार्यान्वयनमा जोड दिने । बालतारा पुस्तक प्रकाशन गर्ने आदि योजना बनाएको छ । यूरोपको समय राती तीन बजे सम्म जागै बसेर आफ्ना भनाइहरू राख्नु हुने जर्मनीका खड्ग न्यौपाने डेनमार्कका दिपक तिवारी हुनु हुन्थ्यो । उहाँहरूले जर्मनी र डेनमार्कका स्कुलहरू चलाउँदाका अनुभवहरू सुनाउनु भएको थियो । जापानबाट कालु मेहताले परिचयका साथ जापानका स्कुलहरूको बारेमा बताउनु भएको थियो । अष्ट्रेलियाबाट बिष्णु घिमिरे सुदिप श्रेष्ठ र प्रकाश पौडेलले नेपाली भाषा सिकाउदाँका असजिला पहलहरूको बारेमा प्रकाश पार्नु भयो । क्यानडाबाट ज्ञानेन्द्र पोखरेल र सुरेन उप्रेतीले क्यानडाका बिभिन्न ठाउँमा रहेका नेपाली

विधालय र आफ्नो अनुभव सुनाउनु भयो । त्यस्तै न्यूयोर्कमा अनलाईन कक्षा संचालन गर्दै आउनु भएको पद्मा लिंखामगर भर्जिनियाका शिक्षक जानु ओझा जर्जियाकी मिना कोईराजा पेन्सोल्भिनियाको कृष्ण रेग्मीले आफ्ना अनुभव र अप्ठ्यारा परिस्थितिहरूको बारेमा जानकारी गराउनु भयो ।

बैठकमा अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्ले तथा महासचिव राजु सिटौलाले शुरू देखि अन्त्यसम्म कार्यक्रममा रहेर बिभिन्न सल्लाह तथा शुभकामनाहरू दिनु भयो । कार्यक्रमलाई संयोजक सुरेन उप्रेतीले सहजिकरण गर्नु भएको थियो ।

प्रतिक्रिया