मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना)मा ५ हजार भन्दा बढी सदस्य हुने सम्पूर्ण प्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।
बाना संस्थामा सन् २०११-२०१३ र २०१३-२०१५ सम्म दुई पटक आफूले नेतृत्व गर्ने अवसर पाएकोमा समुदाय प्रति आभार व्यक्त गर्न चाहन्छु । मेरिल्याण्डको छाता संगठनमा रहेको बानामा अहिले सन् २०२५ मा ५ हजार भन्दा बढी सदस्य भएका छन् । यो अभूतपूर्व हो । अमेरिकाको राज्यस्तरमा नेपालीहरुद्वारा स्थापित संस्था मध्ये कै धेरै संख्या सदस्य भएकोमा गर्व गर्न चाहन्छु ।
यसले समुदायमा गरेको अद्वितीय कार्यले यो स्थितिमा पुर्याएको हो । बानाको गरिमा अत्यन्तै उच्च भै सकेको र समुदायले अत्यन्तै एक जिम्मेबारी संस्थाको रुपमा हेर्न थालेको प्रष्ट भएको छ ।
यसलाई यो अवस्थामा पुर्याउन अहम भूमिका निर्वाह गर्ने वर्तमान अध्यक्ष सुबोध विलास पन्त तथा समिति प्रति हार्दिक बधाई दिन चाहन्छु । उहाहरुको अथक प्रयास ,मेहनत र समर्पणको प्रशंसा गर्दै बानालाई अझै यसरी नै माया र सद्भाव राखी दिन हुन् सबैमा म अनुरोध गर्दछु ।
प्रतिक्रिया