नियात्रा 

सुरभि रेग्मी २०८१ माघ २३ गते ११:४७ मा प्रकाशित

इलाम भ्रमण

यात्राका अनेकन खुड्किला चढ्दा कैले लठ्ठी भाचिन्छन् । एकैछिन चौतारामा थकाइ मार्न बस्दा लाग्छ यादहरु रुखका ओइलाई झरेका पातहरूसरी चौरमा छरिन्छन्। यादरुलाई समेटेर सिंगो रुखको कल्पना गर्नु या रुखका फलहरूको कल्पिदै मुख रसाउनु छुट्टै कुरा हुन् । असली मज्जा त फलको रसको स्वाद लिनु र फलको कथालाई पाठक सामु पस्कनुमा नै होला!

यो संस्मरण लेख्नु अघि मैले आजको तिथी हेरेकी छु।आज पौष शुक्ल तृतीया रहेछ। कुनै शुभ कार्य गर्न साहित जुराए झै आज मैले एउटा साहित्यिक कृति लेखेर यस पावन दिनको अन्त्यसष्टी गर्ने सोचेकी छु। र पनि मलाई के लाग्छ भने यो संस्मरण लेखिरहँदा मैले एउटा सपनाको नगरीमा अवतरण गरिरहेकी छु जहाँ धर्तीका अप्सराहरु मलाई बादल माथिको स्वर्गसँग परिचित गराइरहेका छन्।

म सोचमग्न छु,”तिहार लगत्तै हामी अामा छोरीले बनाएको प्लानले सक्सेस हासिल गर्ला त!” यस्तै विचारको सेरोफेरोमा रहेर म भावनाका अनेकौं तरंगहरू महसूस गर्दै पनि छु। तर के म यी सबै तर्कनालाई शब्दले उनेझैं आफ्नो मन हलुको रुवासरह पार्न सक्ने छु होला त!

हाम्रो यात्राको थालनी इनरुवाबाट भयो। मध्य १२ बजेको थियो। सानिमाको घरको गेट खोलेर बाहिर निस्किए। प्लास्टिकको चप्पल तातेर खुट्टाका पैताला अलेली पोल्न थाले। आगोको मथ्थर हुनै लागेको झिलकोको ताप सुनसरीले तापिरहेथ्यो।अलि कम निस्सासिएको थियो।, र पनि मधेशको गर्मी बिर्सन हामीले इलाम भ्रमण गर्ने सुर कस्यौँ।

हामी बुधबारे पुगेपछि मैले बिहान आफ्नो ब्याग्भित्र हालेको प्लाष्टिक निकाले। गाँठो खोलेर हेर्दा भाउजुले भाइटिकामा पकाएका जेरीका रहलपहल टुक्राहरु रहेछन् । त्यस बेला त्यही जेरीले नि मेरो जिब्रोमा मिठास भर्न सघायो। तर पनि पेटमा मुसा दौडी रह्यो। भोक छल्न गाडी बाहिरको दृश्य हेर्न थालेँ म। बाहिरको खेतबारी र हरियालीले यात्रासगैँ मेरो मन डोर्याइरहेको थियो इलाम जाने बाटोतिर। एकै छिनमा म भुस्कुल तरिकाले निदाइछु।झपक्क निदएकी म निन्द्रा टुटेपछी आखा खोलेकी मात्र के थिए हामी कन्याम आइपुगिम् भने गाडीको चालकले।

करिब १४० मिटरको उचाइदेखि सुरु हुने इलाम जिल्लाको एक मुख्य आकर्षण केन्द्र भनेको कन्याम हो।कन्यामको हावामा छुट्टै खुस्बु छ, यस्तो खुस्बु जसको मुग्धता चियाबगानदेखि फैलदै घरघरका चियाकित्लीमा तातो पानी भुलुक्क उमाल्दै पानीमा मिसिएको अर्गानिक चियाको सुरुप लिनुमा पाउछन् चिया पारखीहरुले।

तर हाम्रो मुल गन्तव्य कन्याम थिएन। जसरी ठाँउठाउँको कच्ची बाटोमा घ्याच्च ब्रेक मार्दै र कुनै बेला सवारी चालकले कालोपत्रे बाटामा अल्मोस्ट ४० भन्दा माथ्लो स्पिड लिमिटमा सानो सुमो जिप फिलिली गुडाउदै इलाम बजार ल्याइ पुर्याए पत्तो नै पाइएन।

इलाम भ्रमणको पहिलो रात

थकानले चुर भएका आमाछोरी हामी खाना खाएर सुत्ने तर्खर गर्यौ। तर मलाइ झल्यासै सम्झना भयो। दिउसो गाडीमा लोड गरेको ब्याग आमाको साथीको घर भित्र घुसाइ सकिएछ। ब्याग भरी लागेको धुलो मैले घर भित्र पस्नु अगावै टकटक्याइ सकेकी थिए। जतनका साथ जिप खोलेर आफ्नो मोबाइल झिके र आफू पल्टिरहेको खाटको छेवैको टेबलमा टक्क राखे। अनि एकफेर आमाको बचन आफ्नो तुल्तुले मनलाइ थामेर याद गरे, “नानी आफ्नो मनको वह पोख्ने गर, मन हलुङ्गो हुन्छ।”

सायद मलाइ आफू भित्रको मृत साहित्यकारलाई जगाउनु थियो र उसको साहित्यलाई अमुर्त आकारमा ढाल्नु थियो। मैले मनमा दौडिरहेको बिचार माथि आफै विमर्श गर्ने प्रयत्न गरे। सायद मेरो यात्रा संस्मरण यहि क्षण कागजमा खेश्रा चित्रको रुपमा कोरिन लाग्यो।

दोस्रो बिहानी

घाम झुल्किन नपाउँदै यस्तै पौने पाँच बजेतिर निद्राले छोड्यो मलाई। ऐनामा आफैलाई नजर लाउँदा मुख फुस्रो भएको थियो। आँखीभौं पनि निरस देखिए। मैले हातमुख धोएर हल्का मेकअप गरें। अनि छत माथि पुगेर बिहानीको पहिलो शीतल बतास महसूस गरे। हावाको वेगले मेरो केश सल्सालाउन थाल्यो। अनि किन हो किन मेरा भिजेका केशलाई मिलाएर मैले आकाशतिर हेरेर लामो सास लिएँ। मनमनै भने,” ह्वाट ए मर्निङ, वाउ!”

हामीले आफ्नो सरसफाई सकेर इलाम चिया बगान हेर्ने र खगराज अंकलको ल फर्मको अवलोकन गर्ने ध्याउन्नले खगराज अंकलको घर तल झरिम। बाटोमा इलामका घरहरू र ती घरहरूको बनोट अब्जर्भ गर्दै खुट्टो लम्कायौ हामी अामा छोरीले। मलाई एकैछिनमा सिन्धुपाल्चोकको कुरी बजारका होटलहरुको सम्झनाले छोयो। काठ ठड्याउदै काटी खोपेर बनाएको घरका छाना रंगीचंगी थिए । टिनका पाता अग्लो काठका संरचना माथि विछ्याएका घरहरू हेर्दा लाग्थ्यो कुनै आर्किटेक्टले विशेष प्रायोजनका लागि बनाएको एकाइसौं शताब्दीको पर्यटकीय भवनहरू हुन्।

इलाम सहर र आसपासका ठाउँ मानिसका आँखामा बलिरहेका सपना हुन्, जसलाई साकार पार्न त्यहाका स्थानीय तह, पर्यटन व्यवसायी र आम मानिसले कदम चाल्नु पर्छ। हामीले नेपाली गाना हरु त सुनेकै छौँ, इलाम चियाबगान माझ उभिएर प्रेम कहानी सुनाएको हिरो हिरोइनले।

बाटोमा मैले निकै पसलहरु नि याद गरे। विशेष: त इलाम पाँच “अ ” ले प्रख्यात छ: आलु, अलैँची, ओलन, अदुवा, अम्लिसो। इलाम बसाई अवधिभर हामीले त्यहाँ आलु र नौनी घिउको स्वाद लिन पायौं तर अम्लिसो र अलैँची भने अटोरिक्सामा सयर गर्ने क्रममा आँखाले दृष्यावलोकान गर्यौँ। अलैँची जुन चिया मसलाका रूपमा प्रयोगमा आउँछ, त्यसको बास्ना बाटोभरि चलिरहेथ्यो। अम्लिसोको झप्प परेको कुचोले हामीले घर बडारिरहेकै हौं। थप कुरा गर्नु पर्दा फिक्कलमा हामीले खाएको म:ममा अदुवाको सेन्ट मात्र पायौं, तर त्यसमा अदुवा कम मोनो सोडियम बढी मात्रामा थियो। खासै अदुवाको फ्लेवर पाइएन।

हाम्रो देश उकास्न कृषिलाई आधुनिकीकरण गर्न जरूरी छ। इलामको शीतल र स्वच्छ हावा पानीका कारण तरकारी लगायत आलु निकै दिन सम्म ताजा रहने भएकाले हामीले इलामका कृषकहरुलाई ठुलो स्केलमा आलु फ़ार्मिङ्ग गर्न हौस्याउनु पर्छ। अनि
कोल्ड स्टोरका आलु हैन नेपाली उपभोक्ता बजारभरि इलाम लगायत नेपालका लेकका आलुहरु सप्लाई गर्न आवश्यक छ। उपभोक्ताको ‘फूड ह्याबिटलाइ’ सपार्नु पनि महत्वपूर्ण बिषय हो।

इलाममा एउटा छुटै दुग्ध संकलन केन्द्र रहिआएको भए तापनि घिउ र चिज जस्ता डेरी आइटमहरुको ब्यापार नेपालको पछिल्लो समयको आर्थिक क्राइसिसदेखि घटेको छ। इलामका सहरी क्षेत्रमा दूधका सामग्रीको डिमाण्ड गाउतिर भन्दा बढी कायम रहिरहेको छ र पनि लगभग आठ बर्ष पहिलेको तुलनामा इलाम सहर का दुग्ध व्यवसायी आज खासै नाफामा छैनन्। यस पछाडिको कारण डेरी फ़ार्मिङ्गका तरिका रुपान्तरित नहुनु हो। पछिल्लो समय इलामका डेरी फर्महरुका गाइ छाला रोगले ग्रसित भएका हुनाले इलाम मा दूधका ललिपप, बम्बैसन र छुर्पी को ब्यापार पनि खस्कदो छ।

इलामका चिया बगानका पता चियाहरु कुनै रेफ़ाइन गरेर त कुनै प्रशोधन बिनानै प्याकेजिङ्ग र लेबलिङ्ग गरेर विदेश निर्यात भैरहेका छन्। हामीले खगराज अंकलको फर्म मा इलाम स्पेसल सिल्भर टी को सुरुप लियौ। अनि इलामको ग्रीन टी दार्जीलिंगको लेबल राखेर चिया व्यापारीले विदेश निर्यात गरिरहेका छन् आज पनि। इलामका ताजा अदुवा पनि निकै मात्रामा उमारिएका रहेछन्। हालसालै मैले सुने अनुसार अदुवा इलामको पता चियामा मिसाउन रुचाउने चिया पारखी हरु पनि प्रशस्तै छन् गाउसहरमा। यस्तै एक दशक अगाडी मैले इलाम स्पेसल कफी चिया को आनन्द पनि लिएकी थिए।

बाझो भिराला जमिनमा अम्लिसो खेती गरेर त्यस्ता जमिनको सस्टेनेबल प्रयोग गर्न सकिन्छ। बाझा खेतहरु, डाडाकाडाहरु पनि यसै कारणले खेतीयोग्य बनाउन सकिन्छ। त्यस्तै अलैची थुप्रै खाद्यजन्य सामग्रीमा स्मेल इन्हांसरको रुपमा पनि प्रयोग गरिन्छ। त्यसैले अलैची उत्पादन गर्न पनि नेपाली कृषकलाई लाभदायी छ।

यिनै कुरा मनमा खेलाउँदा खेलाउँदै हामी खगराज अंकलको फर्ममा पुग्यौं। त्यहाँ हामीले इलाम स्पेसल चिया पनि टेस्ट गर्यौँ। अनि अामा आफ्ना बाल्यकालका गफहरु गर्न थाल्नु भो। म भने चिया बगानको दृश्यमा आनन्द पाइरहेकी थिए।

इलाम सहर र आसपासका ठाउँ मानिसका आँखामा बलिरहेका सपना हुन्, जसलाई साकार पार्न त्यहाका स्थानीय तह, पर्यटन व्यवसायी र आम मानिसले कदम चाल्नु पर्छ। हामीले नेपाली गाना हरु त सुनेकै छौँ, इलाम चियाबगान माझ उभिएर प्रेम कहानी सुनाएको हिरो हिरोइनले। अनि जसरी इलाम नेपालका सात आश्चर्य चकित स्थानमा पर्न सफल छ, कुनै सही माध्यम, सोच र प्रयासले हामीले यस सहरलाई विश्वको आश्चर्य चकित स्थानको सूचीमा समाहित गराउने सक्ने छौँ होला आगामी दिनहरूमा।

प्रतिक्रिया