पवन आलोक नियात्रा पुरस्कार अर्पण

इनेप्लिज २०८१ माघ २४ गते २:४६ मा प्रकाशित

२०८१ सालको पवन आलोक नियात्रा पुरस्कार नियात्राकार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरियो । श्रेष्ठको नियात्रा कृति ‘ग्वंगचुलीको हिउँ’का लागि प्रदान गरिएको हो।

यो पुरस्कार प्रसिद्ध लेखक पवन आलोककी जीवनसङ्गीनी रेखा कँडेलले स्थापना गर्नु भएको हो।

डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौँको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार डा. दामोदर पुडासैनी किशोरले पुरस्कृत लेखकबारे बोलेका थिए।

साहित्यकारहरु प्रतीक ढकाल र श्रीओम श्रेष्ठ रोदनले छुट्टाछुट्टै पुरस्कार र नियात्रा समाजबारे आफ्नो आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व प्रसिद्ध कवि नियात्राकार मञ्जुलले पानसमा दीप प्रज्ज्वलन गरेर दोसल्ला, माला,प्रमाणपत्र सहित श्रेष्ठलाई सम्मान गरेका थिए ।

नियात्रा समाजका अध्यक्ष मोहन चापागाईं समापति रहेको सो कार्यक्रमको सञ्चालन साहित्यकार भवानी खतिवडाले गर्नु भएको थियो । उपस्थित सबैलाई नियात्रा समाजका उपाध्यक्ष भीष्म उप्रेतीले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया