काठमाडौं महानगर प्रहरीले टेकुमा रहेको एक कवाड गोदाममा डोजर चलाउने क्रममा झडप भएको छ । महानगर प्रहरी र कवाड संकलकबीच झडप भएको हो । झडपको क्रममा ३ जना कवाड संकलक घाइते भएका छन् ।
घाइतेहरुको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कवाड व्यवसायी समाज नेपालले महानगरले मजदुरमाथि ज्यादति गरेको भन्दै आपत्ति जनाएको छ । कवाड व्यवसायी र संकलकमाथि भईरहेको ज्यादति तत्काल रोक्न कवाड व्यवसायी समाजले सरकारसमक्ष माग गरेको छ ।
‘काठमाडौँ महानगरपालिकाले २०८१ माघ २७ गतेका दिन आज बिहान टेकुको एक कवाडमा गुण्डागर्दी सैलीमा डोजर चलाएर कवाड भत्काउने काम गरेको छ । महानगर प्रहरीले कवाड कारखानामा काम गर्ने मजदुरहरुलाई कुट पटि गरेको छ । महानगरले हाल आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी सैलीमा कवाड संकलक मजदुरहरु माथी कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरु भत्काउने काम गरिरहेको छ,’– कवाड व्यवसायी समाज नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ ।
प्रतिक्रिया