नेपाली सेनाको ब्यारेज नजिकै बम

इनेप्लिज २०८१ माघ २७ गते १०:४३ मा प्रकाशित

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ। वडा नम्बर ६ बित्तास्थित लालीगुराँस सामुदायिक वन क्षेत्रमा आइतबार बिहान बम फेला परेको हो।

वडाध्यक्ष भद्रबहादुर शेर्पालीले जङ्गलको खोल्सामा बम भेटिएको सूचना दिए पश्चात प्रहरी चौकी झुन्नेटाबाट र चण्डीदल गण सुरक्षा पोष्ट खाराबाट सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले घटनास्थल सुरक्षित गरिएको र बम डिस्फोजल टोली घटनास्थल पुगिसकेको जानकारी दिनुभयो।

उक्त बम विगतको द्वन्द्वको क्रममा छोडिएको हुन सक्ने बताइएको छ।

बेद प्रसाद घिमिरे

प्रतिक्रिया