Chiefs र Eagles
🏆 Who’s going to win Super Bowl LIX?
🏈Eagles vs 🏈Chiefs तपाईं कसको पक्षमा ?
गत बर्ष 123.7 million भन्दा बढी दर्शकहरुले बिभिन्न माध्यमहरुबाट प्रत्यक्ष हेरेर बिश्व रिकर्ड बनाएको अमेरिकी फुटबल सुपरवल शृङ्खला, Super Bowl LVII को प्रतिस्पर्धात्मक प्रतियोगिता यसबर्ष Kansas City को Chiefs र Philadelphia र्को Eagles टीम बिच यहि आइतवार, फेब्रुअरी 9, 2025 मा सिजर्स सुपरडोममा खेलिँदैछ ।
उक्त बिश्व प्रशिद्ध खेल हेर्न स्वयं नवनिर्वाचित राष्ट्रपति ट्रम्प समेत उपस्थित हुने ह्वाइट हाउसका एक अधिकारीले अज्ञात रूपमा बोल्दै एसोसिएटेड प्रेसलाई उनको योजनाको पुष्टि गरेको भनी बिभिन्न संचार माध्यमहरुमा चर्चा चलिरहेको छ । यस्तो भएमा राष्ट्रपति ट्रम्प खेलमा सहभागी हुने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्। यसअघि, तीन वर्तमान उप-राष्ट्रपतिहरू सुपर बाउलमा सहभागी भइसकेका छन ।
प्रतियोगिताको सबै भन्दा सस्तो टिकटको पनि हजारौं डलर सम्म पर्ने र महिनौं दिन अगाडी नै सबै बिक्रि भै चाहेर पनि किन्न नसकिने हुँदा सबै खेलपारखीहरुले प्रतक्ष्य स्टेडियममा पुगेर खेल हेर्न सक्दैनन ।
प्रतक्ष्य खेल हेर्ने अवसर नपाए पनि खेलपारखीहरुले उक्त खेललाई बिभिन्न ठाउँहरुमा Super Bowl LIX – Watch Party हरुको आयोजना गरि समुह समुहमा बिभिन्न होटेल, रेष्टुरेन्ट, बार र क्लवहरुमा बसेर ठुल्ठुला प्रोजेक्टर र टिभी स्क्रिनहरुमा हेरेर खेलको भरपुर मनोरञ्जन लिने गर्दछ यसरी मनोरञ्जन लिनेहरुको संख्या पनि ठुलो हुने गर्दछ जसले गर्दा यो दिन अमेरिकाभर एक पर्व जस्तै नै हुने गर्दछ ।
आजभोलि नेपाली समुदायमा पनि यो खेल र यसको लोकप्रीयता दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । अमेरिकाभर बिभिन्न राज्यहरुमा नेपालीहरुले पनि बिभिन्न समुह समुहमा यसरी नै Watch Party हरुको आयोजना गरि खेलको मनोरञ्जन लिने गरेको पाइन्छ । थाहा छ? तपाईको राज्यमा SUPER BOWL GAME DAY WATCH PARTY कहाँ कहाँ हुँदैछ ?
🏈 Game Information :-
Super Bowl LIX Game Day Information
Date: Sunday, February 9, 2025
Location: 1500 Sugar Bowl Drive, New Orleans LA
Halftime Performer: Kendrick Lamar
प्रतिक्रिया