कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा प्राकृतिक हुने केपी शर्मा ओलीलाई बनाउँदा कसरी अप्राकृतिक भयो ?विश्वप्रकाश शर्मा

इनेप्लिज २०८१ माघ २७ गते ११:३० मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार गठनका सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्डले आवेगात्मक अभिव्यक्ति दिएको बताएका छन् ।आइतबार बसेको प्रतिनिधिसभाको बिशेष समयमा शर्माले वर्तमान सरकार अप्राकृतिक भन्ने प्रचण्डको अभिव्यक्ति आवेगात्मक भएको बताएका हुन् ।

महामन्त्री शर्माले पत्रकारसँगको कुराकानीका क्रममा कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा प्राकृतिक हुने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाउँदा कसरी अप्राकृतिक भयो ? भन्दै प्रश्न गरे।

कांग्रेसले अध्यादेशबारे आवश्यकताका आधारमा धारणा बनाउने गरेको भन्दै यसअघि प्रतिपक्षीमा हुँदा पनि सघाएको स्मरण गरे । उनले सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई छलफलबाट मात्रै अघि बढाउन सुझाव दिए ।

त्यस्तै शर्माले भ्रष्टाचार, शिक्षा, अख्तियार, कर्मचारी विधेयक अहिलेको संसद्‍बाट टुग्याएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

बेद प्रसाद घिमिरे

प्रतिक्रिया