ट्रम्प शानदार भिडन्त खेल हेर्न न्यु अर्लिन्स जाँदै ,ट्रम्पले क्यान्सस सिटी चिफ्स रोजे

इनेप्लिज २०८१ माघ २७ गते २२:०१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज लुजियानाको न्यू अर्लिन्समा हुदै गरेको अमेरिकी सुपर बाउल अन्तिम प्रतियोगिताको खेल हेर्ने फ्लोरिडाबाट न्यू अर्लिन्स गै रहेको एबिसीन्यूजले जनाएको छ ।

उनि परिवारका बिभिन्न सदस्यहरु सहित त्यहाँ पुग्दैछन । उनले आज हुने फिलाडेल्फियाको इगल्स बिरुद्ध क्यानसस सिटी चिफ्स दुई खेल टोलीमा उनले चिफ्सलाई समर्थन गरेका छन् । तर ईगल्स पनि “शानदार” भएको बताए । सुपर बाउल जित्नका लागि उनले क्यान्सस सिटी चिफ्सलाई रोजे।

उनले आइतबार फक्स न्यूजमा प्रसारित एक अन्तर्वार्तामा चिफ्स रोजेको बताए । ट्रम्पले चिफ्सका प्याट्रिक महोम्सलाई “महान क्वार्टरब्याक” भन्दै प्रशंसा गरे र आफ्नी श्रीमती ब्रिटनी महोम्सलाई “असाधारण” भने।

“उनी ट्रम्पकी प्रशंसक हुन्, उनी म्यागा प्रशंसकहुन्, त्यसैले म उनलाई माया गर्छु,” ट्रम्पले भने। ट्रम्पले फिलाडेल्फिया ईगल्स पनि “शानदार” भएको बताए।

“यो केवल एक उत्कृष्ट खेल हुनेछ,” उनले भने। ट्रम्प राष्ट्रपतिको एयर फोर्स वन बिमानमा धेरै पाहुनाहरूसँग सुपर बाउल(महा प्रतियोगिता) को लागि फ्लोरिडाबाट न्यु अर्लिन्स गए।

ट्रम्पका पाहुनाहरूमा उनका छोरा र बुहारी एरिक र लारा ट्रम्प; छोरी इभान्का ट्रम्प र उनका छोरा; गृहमन्त्री डग बर्गम र उनकी श्रीमती;सिनेटर लिन्डसे ग्राहम, लगायत थुप्रै जना ट्रम्पको साथमा रहेका छन् ।

खेल मैदानमा आइपुगेपछि ट्रम्पले खेलको सम्मानजनक सिक्का माथी फ्याक्ने र सहभागीहरूसँग भेटघाट र अभिवादन गर्नेछन् ।

प्रतिक्रिया