फिलाडेल्फिया ईगल्सको मध्यान्तरसम्म सशक्त प्रदर्शन, इगल्स २४-क्यान्सस सिटी ० 

इनेप्लिज २०८१ माघ २८ गते १:४७ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्यको न्यू अर्लिन्समा भै रहेको अमेरिकी सुपर बाउल निर्णायक प्रतियोगितामा फिलाडेल्फिया ईगल्स मध्यान्तर सम्म(दोस्रो क्वार्टर) २४ अॅकले अगाडी रहेको छ । इगल्स लेक्यान्सास सिटी चिफ्सवाआ २४-० ले पछाडी पारेको छ ।

ईगल्सको रक्षा निकै प्रभावशाली देखिएको छ भने चिफ्सका  प्याट्रिक महोम्सले फ्याकेको भकुन्डोलाई रोकिएको छ । महोम्स निरन्तर दबाबमा छन् । ईगल्सको आक्रमण निकै उत्कृष्ठ रहेको छ ।

यो खेल न्यु अर्लिन्सको सीजर सुपरडोम रॅगशालामा भइरहेको छ। क्यान्सस सिटी चिफ्स लगातार तेस्रो सुपर बाउल जित्ने लक्ष्यमा रहेको भएता पनि मध्यान्तर सम्म ० अक हासिल गरेकोले अव विजयी हुन मुस्किल रहेको छ । इगल्स २४ अॅकले अगाडी रहेको छ भने ईगल्सको रक्षा अत्यन्तै राम्रो रहेको छ ।

अव चिफ्सलाई पराजित गर्न पहिले चिफ्सले २४ अॅकलाई उछिन्नु पर्ने छ त्यो लगभग सॅभव छैन्। खेलमा कहिलेकाही चमात्कार पनि हुन सक्ने हुन्छ तर इगल्स अत्यन्तै सशक्त खेल टोली हो । लगभग अव यो प्रतियोगिता इगल्समा पक्षमा जाने देखिएको छ ।

फिलाडेल्फिया ईगल्स दुई वर्षअघि चिफ्ससँगको पराजयको बदला लिन चाहन्छन्।

सुपरडोमको वातावरण निकै रोमाञ्चक रहेको छ भनेईगल्सका समर्थकहरू चिफ्सका प्रशॅशक भन्दा धेरै देखिन्छन्। 

आझा समय मात्र भएकोले खेल अझै बाँकी भएकाले दुबै खेल टोली अत्यन्तै मेहनतको साथ खेलि रहेका छन्।

प्रतिक्रिया