नयाँ शक्ति पार्टीको उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित

इनेप्लिज २०८१ माघ २९ गते ११:१९ मा प्रकाशित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएकी छन् ।

महिला उपाध्यक्षमा मानुषीको मात्रै उम्मेदवारी परेको हो। काठमाडौंको कमलादीमा नेसपा (नयाँ शक्ति) को महाधिवेशन जारी छ। अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन्।

अध्यक्षमा भने बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुने भएको छ।

बेद प्रसाद घिमिरे

प्रतिक्रिया