सिन्धुली,माघ २९
प्रेस चौतारी नेपाल सिन्धुली शाखाले स्थापना गरेको अन्जन राना पत्रकारिता पुरस्कार सिन्धुलीका पुराना पत्रकार शंकर सौगातलाई पहिलो पटक प्रदान गरिएको छ ।
सिन्धुली जिल्लामा रही निरन्तर ३८ वर्ष सम्म जनपक्षीय पत्रकारिता गरेका शंकर सौगातलाई प्रेस चौतारी नेपाल सिन्धुली शाखाको आठौं जिल्ला अधिवेशनका अवसरमा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले दोसल्ला ओढाएर प्रमाणपत्र तथा नगद रु ३ हजार समेत हस्तान्तरण गरी सो पुरस्कार शंकर सौगातलाई प्रदान गर्नु भएको थियो ।
एभिन्युज खबर टेलिभिजनका जिल्ला सम्बाददाता र स्थानीय कमलामाई एक्सप्रेसका सम्पादक समेत रहनु भएका शंकर सौगात नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका पूर्व सभापति र प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।
सो अवसरमा पुरस्कृत शंकर सौगातले आफुले पुरस्कारका साथ पाएको नगद रु ३ हजार भने स्वर्गीय पत्रकार अन्जन रानाको परिवारको लालन पालनमा सहयोग गर्न प्रेस चौतारी सिन्धुली शाखालाई हस्तान्तरण गर्नु भएको थियो ।
प्रेस चौतारी नेपाल सिन्धुलीका सह सचिव समेत रहनु भएका पत्रकार अन्जन रानाको केही वर्ष पहिले वीपी राजमार्गमा मोटर साईकल दुर्घटनामा परी असामयिक देहवशान भएको थियो ।
प्रतिक्रिया