नेपाल आमाकी छोरी

इनेप्लिज २०८१ फागुन १ गते ११:४२ मा प्रकाशित

खगेन्द्र प्रसाद आचार्य

यो ससार थर्काउने गोर्खा,
छिमेकिको इज्जत बचाउने गोर्खा,
आफ्नो ज्यानको पर्वाहा नगरी ,
आँसु लुकाएर छाती थाप्ने गोर्खा ।

जानकी,भृकुटी ,बिरङ्ग्नाले भरिएको,
वीर भिमसेन बलभद्र जन्मिएको,
विश्व को छानो प्रतीक हिमाल भएको,
शान्तीप्रिय देश नेपाल आमाकी छोरी ।

नालापानीको युद्धमा नाङ्गो खुकुरी देखाएर,
हात हतियार गोला बारुदले सजिएका ,
गोराहरुलाइ धपाउने वीर अमरसिह ,
कालू पान्डेकी छोरी म ।

छ महिना दक्षिण छिमेकिले,
सारा बस्तुको नाकाबन्दी गरेर,
भोक भोकै मार्न खोज्दा पनि ,
हिमालको चिसो पानी पिएर बाचेकी म ।

नेपालीले कहिले भुल्न नसक्ने,
यो देशका चार अनमोल रतन,
सहिद गेटमा बसेर खबरदारी गर्ने,
गगालाल,दशरथ चन्द्र,शुक्रराज,
धर्म भक्त,जस्ता सपुत जन्मिएको,
शान्तीको दुत बुध्दको आशिर्वाद पाएको,
प्रकर्तीको सुन्दरताले भरिएको देश,
नेपाल आमाकी छोरी म ।

तराइ पहाड हिमाल सारालाइ,
एउटै साझा फुलबारी बनाउन,
आफ्नो ज्यानको आहुती दिने,
वीर बिरङ्गगनाको इतिहास छातिमा बोकेर,

सारा नेपालिलाइ एउटै झन्डा मुनि ,
एउटै सुत्रमा बाध्ने लक्ष लिएर,
साथी भाइ सारालाइ जागरुप गराउन,
हिडेकी नेपाल आमाकी छोरी ।

दिन सक्छौसाथ देउ मलाइ ?
मेरा अगाडि बढेका पाइलालाइ,
रोक्ने छेक्ने कोसिस नगर कोहि ,
नाङ्गो खुकुरीले छिनाउला होस गर ।

खगेन्द्र प्रसाद आचार्य
दुर्गा नगर बिकास समाज
काठमाडौ

प्रतिक्रिया