भारतको गोवामा सन् २०१७ मा एक आयरिश महिलाको बलात्कार र हत्यामा एक व्यक्ति दोषी ठहर भएका छन्।
विकट भगत नामक व्यक्तिलाई जिल्ला अदालतले दोषी ठहर गरेको हो भने उनलाई सोमबार सजाय सुनाइनेछ।
२८ बर्षिय डानिएल म्याकलफलिनको २०१७ मा भएको बलात्कार र हत्या प्रकरणमा विकट भगतलाई दोषी ठहर गरिएको छ।
गोवाको जिल्ला अदालतकी न्यायाधीश क्षमा जोशीले उनलाई दोषी ठहर गरेकी हुन् ।
उनको शव एउटा समुद्र तटमा फेला परेको थियो। शव परीक्षण (पोस्टमार्टम)का अनुसार उनको मृत्यु मस्तिष्क क्षति र घाँटी थिचेर भएको देखाएको थियो।
भारतीय कानूनले बलात्कार पीडितको नाम गोप्य राख्ने नियम भए पनि, डेनियलको परिवारले न्यायको लागि सॅचारमाध्यमहरु सॅगकुरा गरे।
डेनियलकी आमा र बहिनीले न्याय पाएको बताएका छन्। उनीहरूले भगत मात्रै दोषी रहेको र डेनियलको हत्यामा अरू कोही संलग्न नरहेको बताए।
परिवारले ८ वर्षदेखि न्यायको लागि लडिरहेको र अब शोक गर्न थाल्ने बताएको छ। डेनियल एक असल व्यक्ति थिइन् र उनको हत्याले परिवारलाई ठूलो क्षति पुर्याएको छ।
आयरल्याण्डका उपप्रधानमन्त्रीले डेनियलको परिवारलाई समवेदना दिएका छन्। उनले यो फैसलाले परिवारलाई केही राहत दिने आशा व्यक्त गरेका छन्। उनले डेनियलको आत्माको शान्तिको कामना गरेका छन्।
प्रतिक्रिया