मेरील्याण्डमा बच्चाको जन्मदिन भोजमा गोली चलाएको आरोपमा एक व्यक्तिलाई ६५ वर्षको कारागार सजाय

इनेप्लिज २०८१ फागुन ३ गते १३:४३ मा प्रकाशित

अमेरिकाको मेरील्याण्ड राज्यको हार्फोर्ड काउन्टीका एक व्यक्तिलाई बिहीबार हार्फोर्ड विशालबजार( मल) आफ्नो बच्चाको जन्मदिन भोजको क्रममा गोली चलाएको आरोपमा ६५ वर्षको कारागार सजाय सुनाइएको छ ।

हार्फोर्ड काउन्टी राज्यको सरकारी अधिवक्ताको कार्यालयका अनुसार वेस्ली ल्यारी लियोन्स जुनियरलाई सन् २०२४ को गोलीबारीको घटनामा हत्या गर्ने प्रयास, बन्दुकको प्रयोग र लापरवाह खतराको आरोपमा दोषी ठहर गरिएको थियो।

के भएको थियो?

जुन २, २०२४ मा, बेल एयर प्रहरी हार्फोर्ड बिशाल बजार (मल)को हार्फोर्ड बाउन्स् भोज (पार्टी)प्यालेसमा गोली चलेको खबर पाए पछि प्रहरीहरु त्यहाँ पुगेका थिए । अदालतको अभिलेख अनुसार उनीहरू घटनास्थलमा पुग्दासम्म लियोन्स पहिले नै भागिसकेका थिए ।

श्रब्यदृश्य (सर्भिलेन्स भिडियो)मा लियोन्सकी आमा र लियोन्सको १ वर्षको बच्चाकी आमाबीच झगडा हुँदा लियोन्सले बन्दुक निकालेर झगडा रोक्न खोजिरहेका एक व्यक्तिलाई धेरै पटक गोली हानेका थिए ।

पाँच पटक गोली चलाएपछि लियोन्स आफ्नी आमा र कथित प्रेमिकाको साथ आफ्नो गाडीबाट भागेका थिए । उनको गाडी पछि उनको घर नजिकै फेला पर्यो।

गोलीबारीको क्रममा दुई वयस्क र दुई बच्चाहरू पीडितको पछाडि उभिएका थिए । प्रहरीका अनुसार उनीहरूलाई गोली लाग्ने जोखिममा पारेको थियो।

लियोन्सको खोजी २८ दिनसम्म चल्यो । लियोन्सको जानकारी दिनेलाई २ हजार डलर सम्म इनाम राखिएको थियो । २८ दिनको खोजीपछि लियोन्सलाई एन अरुन्डेल काउन्टीको रेड रुफ नामक पाहुनाघरमा पक्राउ गरियो।

गत बिहीबारको सजाय सुनाउने सुनुवाईको क्रममा राज्यका अधिवक्ताहरूले ९३ वर्षको सजायको माग गरेका थिए । अन्त्यमा न्यायाधीशले लियोन्सलाई ६५ वर्षको कारागार सजाय सुनाए।

प्रतिक्रिया