सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्ने अन्तिम सूचना

इनेप्लिज २०८१ फागुन ४ गते १५:४८ मा प्रकाशित

पुरस्कारका लागि पुस्तकहरू दर्ता गर्न नेपाली भाषामा लेखिएको, पुस्तकको विधा प्रस्ट रूपमा छुट्टिएको, पुस्तक आवरणसहित कम्तीमा ६४ पृष्ठको हुनुपर्ने, पुस्तक सन् २०२३ जनवरी १ देखि सन् २०२४ डिसेम्बर ३१ भित्रको मितिमा मुद्रण भएका पुस्तकहरू ४ प्रति फरवरी २८, २०२५ सम्ममा पठाउन अनेसास पुरस्कार समितिका संयोजक साहित्यकार तीर्थराज पाण्डेयले जनाएका छन् ।

बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले उक्त अवधिमा प्रकाशित पुस्तकहरु पठाउन सबै साहित्यकारहरुलाई आव्हान गरेका छन् । यसैगरी केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेले पुस्तकहरू पठाउन सहयोग गर्न सम्बन्धित च्याप्टर, आजीवन तथा ट्रष्टीहरूलाई अनुरोध गरेका छन् ।  

पुस्तकहरू सन्ध्या पहाडी (फोन नं. ९८४१८०३७१५) वा संयुक्त राज्य अमेरिकामा Tirtha Pandey, 6433 Abel Street, Elkridge MD 21075 अथवा 1727 Horner Road Woodbridge, VA 22191 मा पठाउन सकिने छ । पुस्तक पठाउने सम्बन्धमा कुनै जिज्ञासा भएमा अनेसासका स्थानीय च्याप्टरहरू, केन्द्रीय कार्यसमिति वा बोर्ड अफ ट्रष्टीका पदाधिकारीहरूसंग सम्पर्क राख्न वा [email protected]  र/वा [email protected] मा सम्पर्क राख्नु हुन र विस्तृत जानकारीका लागि संस्थाको वेभसाइट www.inls.org हेर्नु हुन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया