अमेरिकाको भर्जिनिया राज्यको स्प्रिङ्गफिल्ड शहरमा नेपालीले एक शानदार किराना पसल खोलेका छन् । केही समय अगाडी देखि पसल संचालनमा आएता पनि नेपाली समुदायलाई आमन्त्रण गरि औपचारिक रुपमा बृहत उद्घाटन गर्न भने बाँकी रहेको संचालक निलु उप्रेतीले ईनेप्लिजलाई बताइन ।
अढाई दशक अगाडी देखि नै अमेरिका आएका समाज सेवी तथा संचारकर्मी समेत रहेका दम्पत्ति द्वय राम चन्द्र खरेल तथा निलू उप्रेतीले सगुन मार्ट नामक सुलभ पसल खोलेका हुन् ।
अझै पनि प्रारम्भिक चरणमा रहेकोले सामान धमाधम आई रहेको र ग्राहकहरुका माँगहरुलाई ध्यानमा राख्दै त्यस्ता प्रकारका सामग्रीहरु सगुन मार्ट अर्थात् किराना पसलमा राखिने उप्रेतीले बताइन ।
उनले अगाडी भनिन ,भरसक नेपाली सामान राख्ने हाम्रो प्राथमिकता हो तर सबै प्रकारका सामग्रीहरु नेपालमा उत्पादन नहुने भएकोले किराना पसलमा सबै प्रकारका सामानहरु राखिने उद्धेश्यले भारतीय ,पाकिस्तानी तथा अन्य देशका समानहरु पनि उपलब्ध गराईने छ ।
उनलाई कालान्तरमा पसल भित्रै चमेना गृह तथा बिशेष मासुका परिकारहरुको प्रबन्ध गर्ने योजना छ या छैन भने ईनेप्लिजले राखेको जिज्ञाशामा त्यो पनि योजनामा रहेको उप्रेतीले जानकारी दिइन ।
यस क्षेत्रमा बसोबास हुने सम्पूर्ण नेपालीलाई नेपाली खाधन्य तथा अन्य बस्तुहरुको आवस्यक परेमा एक पटक सगुन मार्टमा पाल्न अनुरोध गरिएको छ । हामी सुपथ मुल्यमा दिने हाम्रो ध्येय हो । त्यो कुरामा ढुक्क हुन् संचालिका उप्रेतीले सबैलाई इनेप्लिज मार्फत बताइन । एक पटक मौका दिन अनुरोध गर्दै नेपालीले नेपालीलाई सहयोग गर्नु पर्ने भन्दै सेवा गर्ने अवसर दिन संचालिका निलु उप्रेतीले सबैलाई आग्रह गरिन ।
सगुन मार्ट किराना पसलमा नेपाली समुदायले खोजेका सबै चिजहरु उपलब्ध हुदै जाने छ । हाललाई फापरको पिठो , जुम्लाको मार्सी चामल ,जुम्ला सिमी ,चम्सुर दाना ,मास पिडालुको मस्यौरा ,हिमाली तामा ,नेपाली भुटेको गेडागुडी , जौको सातु ,नेपाली मसलाहरु मिक्स सातु ,तारेको भटमास ,अकबरे माछा ,आलस दाना ,नेपाली टिम्बुर ,ज्वानो ,नेपाली खुकुरी लगायत भारतीय,पाकिस्तानी लगायत देशका सामग्रीहरु उपलब्ध रहेका छन् ।
सगुन मार्ट परिवारलाई ईनेप्लिजको तर्फबाट शुभकामना तथा बधाई !
प्रतिक्रिया