अनुदान प्रस्तावको लागि आह्वान

इनेप्लिज २०८१ फागुन ५ गते २२:५२ मा प्रकाशित

समता सिनेट ग्रान्ट समितिले नेपालका शैक्षिक संस्थाहरू (विद्यालयहरू) लाई २०२५ को अनुदान चक्र का लागि अनुदान प्रस्ताव पेश गर्न आमन्त्रण गर्दछ। प्रस्ताव बुझाउने अन्तिम मिति २०२५ मार्च ३१ सम्म रहेको छ।

सबै प्रस्तावहरू अनुदान प्रस्ताव निर्देशिका अनुदान आवेदन टेम्प्लेट अनुसार तयार गरि बुझाउनु पर्ने छ । यी दस्तावेजहरू समता ग्लोबल सेनट को वेबसाइटमा उपलब्ध छन्:

बुझाउने प्रक्रिया

अनलाइन पेश गर्ने: प्रस्तावहरू समता ग्लोबल सेनटको वेबसाइट सबमिशन (Submission) पोर्टल मार्फत अनिवार्य रूपमा पेश गर्नुपर्छ: https://samataglobalsenate.org/। विस्तृत निर्देशनहरू र आवश्यक उपकरणहरू वेबसाइटमा उपलब्ध छन्।

२ इमेल मार्फत पेश गर्ने (वैकल्पिक):

अनलाइन सबमिशनका (Submission) अतिरिक्त, आवेदकहरूले समता सेनट ग्रान्ट समितिका अध्यक्ष लाई निम्न इमेल मार्फत पनि प्रस्ताव पठाउन सक्ने छन्: इमेल: [email protected]

हामी सबै शैक्षिक संस्थाहरूलाई आवश्यक कागजातहरू सहित राम्ररी तयार पारिएको प्रस्ताव पेश गर्न प्रोत्साहित गर्दछौं।

प्रा. गोपी उप्रेती
अध्यक्ष
समता सिनेट
ग्रान्ट समिति

प्रतिक्रिया