हवाईमा सेकुवा पकाउने चुलो विस्फोटमा ७ जना घाइते भएका छन् बहने ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पीडितहरूमा १८ देखि ७४ वर्ष उमेरका रहेको एबिसीन्यूजले जनाएको छ ।
हवाईको मावी प्रहरी विभागले बिहीबार साँझ कानापाली बीच स्थित एक घरमा ग्यास ग्रिल अर्थात् सेकुवा सक्ने चुलो विस्फोट बारे अनुसन्धान गरिरहेको छ । जसमा सात जना घाइते भएका छन्।
मावी प्रहरी विभागले आफ्नो बयान अनुसार, २४८१ कानापाली पार्कवेमा लगभग ६:१५ बजे भएको विस्फोट भएको सूचना प्राप्त गरेको थियो ।
ती सात जनामध्ये तीन जनाको हाल गम्भीर अवस्था रहेको जनाईएको छ । संलग्नहरूको अवस्थाको बारेमा थप अद्यावधिक जानकारी गराईएको छैन भने पहिलो प्रतिक्रियाकर्ताहरूले अनुसन्धान गर्दा मानिसहरुलाई क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ।
प्रतिक्रिया