मन हो यो

सुरभि रेग्मी २०८१ फागुन ११ गते ११:५० मा प्रकाशित

मन हो यो, पथ्थर या इट्टा होइन
किन यसले चोट नसहोस् ? यो मनलाई अराजक नबनाऊ
न मलाई मन्दिरमा , न त मस्जिदमा शरण लिनु छ
न कसैको ढोका या खिडकी बाहिरबाट चिहाउनु छ
म त मात्र आफ्नो मनको झंकार सुनेर आफ्नो बाटो पहिल्याउने छु
मलाई किन कसैले धर्मको ढोंग गर्न सिकाउनु पर्यो
मेरो मन मन्दिरको सुनौलो देवताको मूर्ति झै
चम्कन्छ मध्य दिनको घामको किरणले यसै
अनि म आफू भित्रको प्रकाशले बलेर
आफूलाई छर्लङ्गै आफ्नो मनको ऐना अगाडि पाउँछु
तर मेरो मनले कहिलेकाही सुनौलो मुकुट पनि पहिरिन्छ
जसको नौलो रूपको रहस्य बुझ्न असमर्थ हुन्छु म
त्यो मनको आँखाले मुकुट बाहिरबाट चिहाउँदा
कतै भावनाका तरंगहरुले आगोका बाण प्रहार गर्या हुन् कि?
त्यो एक झलक
कसैलाई जलाउन काफी छ।
किन उसको अनुहार तिम्रो स्मरणमा आउनु पर्यो
चित्रहरू त ताकतको प्रतिक नै हुन् अनि
उसको अनुहारले पनि एउटा बलियो पटकथा बक्छ।
धनुर्वाण र जिन्दगीका नियमहरू को एउटा
बेग्लै वक्तव्य छ यथार्थमा
तर जीन्दगीको अन्तिम सत्य पहिचान गर्नु अघि
मानिस स्वतन्त्र कसरी बन्छ?
प्रेमका नया आयामहरू विचार गरिन्छन्।
तर के माया गर्न लजाउनु पर्ने हो र!
सहन बाँकी नै के छ र!
आफ्नो विवेकले भ्याएसम्म विचार गर्दा
लाग्छ जिन्दगी कुनै परिक्षण कालमा गुज्रिरहेको छ!
किन मानिस विनम्र हुन सकेका छैनन्?
किन नैतिकता समाजले विर्सिएछ?
हामी कुन सडकमा देवताको पछाडी भौतारिएका छैनौं?
हामीलाई कुन मन्दिरमा देवताले आमन्त्रित गर्नु हुन्न? जीवनको सत्य नमीठो छ। मन त्यसै किन तर्सन्छ देवताको एक झलक लिन?
म सोचिरहेछु, आज गालिबले यो शायरी सुनाउँदा
मन कतिको पग्लन्छ?
म चिन्तीत छु।

यो कविता मिर्जा गालिवको कविताको अनुवादित स्वरूप हो।

प्रतिक्रिया