भर्जिनिया स्थित हिमालयन फ्री क्लिनिक स्वयमसेवक भेटघाट कार्यक्रम विविध प्रस्तुतीसाथ सम्पन्न

इनेप्लिज २०८१ फागुन ११ गते १३:३८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहर स्थित हिमालयन फ्री क्लिनिकमा आयोजित स्वयमसेवक भेटघाट कार्यक्रम विविध प्रस्तुतीसाथ सम्पन्न भएको छ । अनौपचारिक कार्यक्रम रहेता पनि स्वयमसेवकहरुको उपस्थिति उत्साहजनक रहेको थियो ।

कार्यकमको आयोजना बिशेष गरि स्थापना काल देखि नै स्वयमसेवक रुपमा सहयोग पुर्याउदै आएका सबैलाई आमन्त्रण गरि ती मध्ये केहीले आफ्ना अनुभव साझा गरेका थिए ।

साथै हिमालयन फ्री क्लिनिक अर्थात् हिमालयन निशुल्क उपचारकक्षलाई प्रायोजन गर्ने ,आर्थिक सहयोग गर्ने ,खाना सहयोग गर्ने तथा स्वयम् सेवक रुपमा संचालनमा सहभागिता जनाउने सबैलाई संचालिका मंजु संग्रौलाले धन्यबाद दिईन ।

त्यहाँ स्वयम् सेवक रुपमा ३ महिना देखि स्थापना काल देखि नै सहभागी भै नेपाली समुदायलाई सेवा पुर्याउदै आएका स्वयम् सेवकहरुले रोचक घटना संक्षेपमा सुनाएका थिए ।त्यहाँ अधिकांश उक्त निशुल्क उपचार कक्षमा सेवा गर्दै आएका करिव एक दर्जन जति चिकित्सक तथा स्वास्थ्य परिचारिका (नर्स )हरुको उपस्थिति रहेको थियो ।

संस्थापक मंजु संग्रौला /कार्कीले कार्यकममा हिमालयन फ्री क्लिनिकका बारेमा प्रकाश पारेकी थिइन् । त्यहाँ उपस्थित मध्ये एक दर्जनले कार्यकममा छोटो मन्तब्य राख्दै हिमालयन फ्री क्लिनिकको प्रशंसा गरेका थिए ।

कार्यकम संचालन चिकित्सक अनिल सुवालले गरेका थिए । कार्यकममा विभिन्न प्रस्तुतिहरु गरिएको थियो । कार्यकममा केसी डान्स सेन्टरमा सिकेका अमेरिकामा जन्मिएका किशोरीहरुले नृत्य प्रस्तुत गरेका थिए । साथै कविता वाचन,बासुरी तथा सारंगी प्रस्तुत गरिएको थियो । कार्यकममा उपस्थित सबैलाई नेपाली सेलरोटीको साथै दिवा भोजनको समेत व्यवस्था गरिएको थियो ।

कार्यक्रममा चिकित्सक गुणराज सुबेदीले समेत बोलेका थिए भने धन्यबाद ज्ञापन प्रेम संग्रौलाले गरेका थिए । स्मरण रहोस ,हिमालयन फ्री क्लिनिक बिमा नभएका तथा नेपालबाट अमेरिका भ्रमणमा आएकाहरुलाई निशुल्क सेवा प्रदान गर्दै आएको छ ।

हिमालयन फ्री क्लिनिकमा रक्तदान ,रगत परीक्षण ,चिकित्सकहरुको टोलीद्वारा स्वास्थ्य परीक्षण ,मधुमेय रगत जाँच लगायत अन्य जाँच निशुल्क गरिन्छ । बिशेष यो कार्यकम नेपाली समुदायको केन्द्रित कार्यक्रम हो ।

प्रतिक्रिया