अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका अर्थात् बानामा आगामी २०२५- २०२८ को लागि अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
साथै कूल ३० जनाले बिभिन्न पदहरुमा आफ्नो नाम दर्ता गराएको बाना निर्वाचन समितिले जनाएको छ । अमेरिकाकै अत्यन्तै सक्रिय गैर मुनाफा संस्थामा कूल ५ हजार भन्दा ज्यादा सदस्यहरु रहेका छन् । बानाको आफ्नै भवन छ । र, लगभग यस बर्ष नया समितिलाई हस्तान्तरण गर्नु अघि बाकी रहेको भवनको रकम समेत तिर्ने लक्ष्य रहेको अध्यक्ष लगायत अन्य पदाधिकारीहरुले बताएका छन् ।
समुदायमा स्थापित बाना अमेरिकाकै नेपाली समुदायद्वारा संचालित संस्था मध्ये कै शीर्ष मध्ये कै एक हो । आगामी २०२५- २०२८ बर्षको लागि नयाँ कार्यकारी समितिको लागि अध्यक्ष पदमा नाम दर्ता गराउने उम्मेदवारहरुमा क्रमस लक्ष्मी भारती,जितेन्द्र गुरुङ, कोशिस भण्डारी तथा हिरालाल गुरुङ रहेका छन् ।
अध्यक्षको लागि दर्ता शुल्क ३,५०० डलर राखिएको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष पद ३ जना रहेका छन् । उम्मेदवारहरुमा क्रमस सागर घिमिरे, एकता कोइराला तथा जनकबहादुर थापा रहेका छन् । उनीहरुले जनही २,५०० शुल्क बुझाएका छन् ।
यसै गरि उपाध्यक्षका लागि पनि ३ जनाको नाम परेको छ । उम्मेदवारहरुमा क्रमस ब्रजेश महर्जन, गणेश भट्टराई र प्रेम बिडी कमली रहेका छन् । उनीहरुले जनही २ ,००० डलर शुल्क बुझाएका छन् ।
महासचिव पदमा दमन बिक्रम शाह ,सलिन बस्नेत तथा तारा खरेल न्यौपाने रहेका छन् र उनीहरु सबैले जनही २ ,००० डलर बुझाएका छन् । सचिवमा बसन्त बस्नेत ,सुशील खत्री तथा जनक बी.डी. पुन मगर रहेका छन् । उनीहरुले १,५०० डलर दर्ता शुल्क बुझाएका छन् ।
त्यस्तै कोषाध्यक्षमा क्रमस सञ्जु डंगोल,राजेन्द्र बहादुर रेग्मी तथा करुणा खड्काले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षको लागि दर्ता शुल्क १,५०० रहेकोले जनही त्यति रकम बुझाएका छन् ।
कार्यकारी समिति सदस्यहरुमा १३ जनाले नाम दर्ता गराएका छन् । उम्मेदवारहरुमा क्रमस सोनीका चुनारा ,लक्ष्मीराम शाह, राजु सुवेदी,भूपेशजंग शाही,हृदय केसी,डम्बर बी.डी. बस्नेत,निर्णाय प्रधान,अर्जुन क्षेत्री प्रविण लामा, कृष्ण के विष्ट तथा राजीव क्षेत्री रहेका छन् । सदस्यहरुका लागि केवल ७५० डलर राखिएको छ ।
दर्ता बाट मात्र ५० हजार डलर संकलन भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया