सुदुरपश्चिममा बिधालय पुस्तकालय स्थापनाको अभियान : एक अनुभव

इनेप्लिज २०८१ फागुन १२ गते १२:०३ मा प्रकाशित

धनकुमार श्रेष्ठ

नेपाल लाइब्रेरी फाउन्डेसनका पूर्व अध्यक्ष कपिलदेव थापाबाट कैलालीमा पुस्तकालय बनाउने बारे चर्चा भएको र यहि बिषयमा एकपटक क्यानडाबाट डा. नरेश कोइराला दाइद्वारा एनआरएनएका पुर्व कोषाध्याक्ष हिक्मत थापाको कैलाली स्थित अरूणोदय मावि , खैरिफाँटामा बिधालय पुस्तकालय बनाउने बारे मलाई जानकारी भएको थियो| यहि क्रममा एकजना कपिलराज भाट नामक ब्यक्तिले मलाई फेसबुक साथीकोलागि अनुरोध गर्नुभएको पाएर निजको प्रोफाईल अध्ययन गर्दा अरूणोदयको प्रधानाध्यापक भएको थाहा भएपछि हामी फेसबुकमा जोडियौँ तदपश्चात् दोहोरो सम्बाद सूरू भयो । हिक्मत थापा सर संग पनि मेसेन्जरबाट तद् सम्बन्धि कुराकानी हुन थाल्यो| उहाँ उक्त बिधालयका स्थापनाकालका बिद्यार्थी एंब बिधालयका संस्थापक प्रधानाध्यापक एंब बिधालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष गगनसिंह थापाका सुपुत्र हुनुहुदों रहेछ ।

कैलाली जिल्ला प्रवेश मेरो लागि यो तेस्रो हो| मिति २०८० साउन १८ गते श्री अरूणोदय मावि पुस्तकालय संभाव्यता अध्ययनका क्रममा मित्र सुनील पाण्डे सहित बसको लामो यात्राबाट पहिले लम्की आएका थियौं । लम्कीबाट प्रअ कपिलराज भाट सरले हामीलाई खैरिफाँटा पुर्र्याउनु भएको थियो । त्यस बखत् बिधालय ब्यबस्थापन समिती , शिक्षक कर्मचारीहरूको बैठकमा हामीलाई सहभागी गराईएको थियो| पुस्तकालयका लागि गगन फाउन्डेसनले बनाई दिएको भवनमा पुस्तकालय र बिद्यालयको अर्को भवनमा ई-पुस्तकालय स्थापनाकालागि भवन, कोठा छनौट, फर्निसिङ लेआउट लगायतको काम सम्पन्न गरी हामी भोलिपल्ट नेपालगञ्ज हवाईमार्ग हुँदै काठमाडौ फर्कियौँ ।

२०८० पुस १६ गते दोस्रो पटक म सुनील जी र यज्ञराज भट्ट सर सहित ३ सदस्यीय टोली बसमार्फत् लम्की हुँदै खैरिफाँटा पुगी १७ गतेबाट तालिम सञ्चालन गरियो ।५ दिनमा पुस्तकालयको तालिम मार्फत बिद्यालयमा म्यानुअल र ई-पुस्तकालय सहित पुस्तकालयको २ संरचना निर्माण गरि २४ गते सुदूर पश्चिम प्रदेसका मुख्य मन्त्री माननीय कमलबहादुर शाहद्वारा पुस्तकालयको बिधिवत् समुद्घाटन सुसम्पन्न भयो । पुस्तकालय गगन फाउन्डेसनको संयोजनमा युगाण्डाको रुपारेलिया फाउन्डेसनको आर्थिक सहयोग समेतबाट निर्माण भएको थियो । यसरी सुदुर पश्चिममा नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक सहयोगमा आधुनिक पहिलो बिधालय पुस्तकालय निर्माण कार्य सम्पन्न गरि हामी त्यसै दिन काठमाडौ फर्कियौँ ।

पुषको समय तराईको चिसो हुस्सुको समेत पर्वाह नगरी पुस्तकालय तालिमलाई सहभागी शिक्षक कर्मचारी र बिद्यार्थीहरूको न्यानो साथ पाएर सफल बनाईयो । हाम्रो बास लम्की स्थित एक होटेलमा थियो| हामी बसेको स्थलबाट स्कुल परिसर खैरिफाँटा पुग्ने दूरी १३ किमी टाँढा थियो| जे होस् थोरै समयमा धेरै खटेर बिद्यालयको पुस्तकालय उद्घाटन गराउन योग्य बन्यो| यस कार्यमा बिद्यालयको तर्फबाट कपिलसरको निकै ठूलो कसरत र बिधालय ब्याबस्थापन र शिक्षकहरूको उल्लेखनीय भूमिका रहेको थियो ।

मेरो जीवनमा परिस्थितिले कोल्टे फेरेपछि ७/८ महिना म नेपाल लाईब्रेरी फाउन्डेसनमा सक्रिय हुन सकिनँ ।गत माघको २५/२६ तिर म इटहरीमा थिएँ । मोबाईल बिग्रिएर सम्पर्क बिहिन भएको थिएँ| मोबाईल बनेपछि हिक्मत थापा सरको नाइजेरियाबाट फोन आउँछ| टीकापुर स्थित् वीरेन्द्र बिद्यामन्दिर माविमा पुस्तकालय निर्माण गर्ने बिषयमा कुराकानी हुन्छ । लगत्तै सुनीलजीको पनि फोन रिसिभ गर्छु बिषय यहि हुन्छ ।केहि दिनपछि प्रशान्त अर्यालसरको फोनमा जोडिन्छु , उहाँ टीकापुर सरोकार समुहको अध्यक्ष हुनुहुदो रहेछ । म , भट्ट सर सहित एकदिन प्रशान्तसर बिच सोहि बिषयमा मिटिङ हुन्छ । केहि पछि विकास रावलजी संगपनि जोडिन पुग्छु| यसरी टीकापुरको वीरेन्द्र विधामन्दिर माविको ई पुस्तकालय सहित आधुनिक पुस्तकालय निर्माणको तयारीमा प्रशान्तजीसंग घनिष्ठता बढ्छ । विकासजीसंग फोन फोनमै निकटता बढ्छ| एकदिन हिक्मत थापा सरले बोलाउनु भएको अनलाईन मिटिङमा सहभागी हुँदा बिरेन्द्र माविका सहायक प्राचार्य र गुठियार प्रमुख नवराज रावलसंग चिनारी हुन्छ| बिशेषत: प्रशान्तजी म र विकासजी भएर सामग्री जुटाउने कामलाई काठमाडौंमा अगाडि बढाईन्छ ।

सम्पूर्ण सामग्री तयार भएपछि सामग्री पठाउने जिम्मा विकासजीको हुन्छ र भट्टजीसहित हामी २ जना हवाईमार्ग हुँदै तेस्रो पटक धनगढी पुग्छौँ । सोहिदिनको २ बजे बिद्यालय पुगेर ननस्टप तालिम चलाउन थाल्छौँ । ८ गतेभित्र पुस्तकालय संरचना निर्माण भइसकेको हुनुपर्ने छ किनकि ९ गते बिद्यालयको स्वर्णमहोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंह श्रेष्ठले गर्ने कार्यक्रम तय भएको थियो । सास न बास भएर काम सम्पन्न गरियो । पुस्तकालय समितिका संयोजक पहलमान खत्री सरको लगाव लगनशिलता मिहिनेत चुस्त संयोजन, तालिममा सहभागीहरूको नियमितता र सक्रियताको परिणामत: सोचेकै दिन म्यानुअल र इ-पुस्तकालय ब्यवस्थापन गर्न संभव भयो| हेर्दा पनि सुन्दर र ब्यवस्थित देखियो| हिक्मत सरको योजना र सक्रियतामा युगान्डाका लागि नेपालका मानार्थ वाणिज्य दुत डा. सुधीर रुपारेलियाको रुपारेलिया फाउन्डेसन , टीकापुरक वरिष्ठ समाजसेवी एंव बिधालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष श्री मीनबहादुर रावल र स्वर्गीय साहित्यकार एंब शिक्षासेवी गगनसिंह थापाको स्मृतिमा स्थापित गगन फाउन्डेसनको आर्थिक सहयोग र टीकापुर सरोकार समुहको संयोजनमा छोटो अवधिमा यो दोश्रो परियोजना समेत उत्कृष्ट रुपमा सम्पन्न गरियो । यस अत्याधुनिक बिधालय पुस्तकालयबाट बिधालयका शिक्षक बिद्यार्थीहरुले बिसहजार भन्दा बढी डिजिटल पुस्तक र अध्ययन सामाग्री एंब दुई हजार भन्दा बढी पुस्तकहरुबाट अध्ययन गर्न पाउनेछन । अनन्त तोकिएकै दिन वीरेन्द्र बिधामन्दिर माविको स्वर्ण जयन्ती समारोहको अवसरमा सुदुर पश्चिम प्रदेसका मुख्य मन्त्री कमलबहादुर शाह र अन्य विशिष्ट महानुभावहरुको उपस्थितिमा नेपाल सरकारका उपप्रधानमन्त्री माननीय प्रकाशमान सिंहज्युबाट पुस्तकालयका समुदघाटन सम्पन्न भयो ।

फागुन ८ गते भट्ट सरलाई बिदाई गरी म चाँहि टीकापुर नगरी र जानकी गाउँपालिकाको मायाको फेरोमा अल्झिन पुग्छु| पुस्तकालय उद्धाटनको दिन छोटो प्रस्तुतिकरण गर्न सघाउन भ्याउछु|। यसपछि अरूणोदयका प्रअसंग कुम जोडाई मच्चिन्छ ।

यस बिचमा हिक्मत थापासरको अनुरोधमा महेन्द्र शिशु मावि धर्मापुरको पुस्तकालय अवलोकन गरियो| कैलाशेश्वर बेद बिद्याश्रम, जनता नमुना मावि मुनुवा , अरूणोदय मावि खैरिफाँटा हुँदै वीरेन्द्र बहुमुखी क्याम्पस टीकापुर पुस्तकालय र टीकापुर बहुमुखी क्याम्पसको पुस्तकालयको अवलोकन गर्न भ्याईयो ।

यहि बिचमा धनगढी कारागारमा पुस्तकालयको बिषयले पनि उठान पायो| डा. अग्नी कोइराला, कपिलराज भाट प्रशान्त अर्याल र हिक्मत थापा सरसंगको निरन्तर सम्पर्कले नेपाल लाइब्रेरी फाउन्डेसनका आगामी गतिबिधिलाई अगाडि बढाउनमा उत्प्रेरणा मिलेको अनुभूत गरेको छु । यति काम भ्याएर आज काठमाडौ फर्किँदै छु ।

नेपाल लाइब्रेरी फाउन्डेसनलाई माया गर्नुहुने, पुस्तकालय अभियानमा जोडिनुहुने, जोडिन चाहनुहुने, यस कार्यमा पुलको भूमिका निर्वाह गर्नुहुने आदरणीय हिक्मत थापा , कपिलराज भाट , प्रशान्त अर्याल , विकास रावल, टीकापुर सरोकार समुह, गगन फाउन्डेसन सम्बद्ध सबैमा नेपाल लाइब्रेरी फाउन्डेसन को तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट सहयोग, सद्भाव र न्यानो आतिथ्य समेतका लागि हार्दिक आभार तथा धन्यबाद टक्र्याउन चाहन्छु ।

( पुस्तकालय ब्याबस्थापनविद धनकुमार श्रेष्ठ नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिव हुनुहुन्छ ।)

प्रतिक्रिया