सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न रामहरी खतिवडाको माग

बेद प्रसाद घिमिरे २०८१ फागुन १३ गते १०:५२ मा प्रकाशित

प्रतिनिधिसभा बैठकमा सांसदहरुले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रामहरि खतिवडाले सडक दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । काभ्रेभञ्ज्याङमा आज भएको बस दुर्घटनाको विषय पनि उहाँले संसद्मा उठाउनुभयो ।

यस्तै ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन र सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न सांसद खतिवडाले संसदमार्फत सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया