इलन मस्कले सोमबार साँझ संघीय कर्मचारीहरूलाई आफ्नो कामको औचित्य पुष्टि गर्ने “अर्को मौका” दिएका छन् ।
उनीहरूलाई सोधिएको विवरण पेश गर्ने मूल समयसीमा सोमबार नै सकिएको थियो, तर धेरै संघीय निकायका कर्मचारीहरूलाई उनको प्रारम्भिक निर्देशन उपेक्षा गर्न भनिएको थियो।
विश्वकै धनाढ्य व्यक्ति राष्ट्रपति ट्रम्पका निकट सल्लाहकार र मस्कले संघीय सरकारका कर्मचारीहरूलाई सोमबारको अन्त्यसम्म आफ्नो कामका उपलब्धिहरू वर्णन गर्दै विधुतिय डाक( इमेल) पठाउन निर्देशन दिएका थिए।
उनको नयाँ निर्देशनले संघीय कर्मचारीहरूका लागि नयाँ चुनौती उत्पन्न गरेको छ। ह्वाइट हाउलभवनद्वारा हालै स्थापना गरिएको सरकारी दक्षता बिभाग जसको नेतृत्व मस्कले गरिरहेका छन्
उनि संघीय कर्मचारी संख्यामा कटौती र खर्च घटाउने प्रयास सशक्त रुपमा लागेका छन्।
“राष्ट्रपतिको विवेकमा निर्भर हुमे बताउदै उनीहरूलाई अर्को मौका दिइनेछ,” मस्कले सोमबार साँझ आफ्नो स्वामित्वमा रहेको सामाजिक सॅजाल X (पूर्व ट्विटर) मा लेखे।
उनले दोस्रो पटक पनि जवाफ नआए जागिर समाप्त हुने चेतावनी दिएका छन्। तर उनले नयाँ समयसीमा भने उल्लेख नगरेको सिविएसन्यूजले जनाएको छ ।
पहिलो समयसीमा गुज्रिएपछि संघीय कर्मचारीहरूमा अन्योल बढेको देखिएको छ।
प्रतिक्रिया