सॅघिय न्यायाधीश लोरेनद्वारा ट्रम्प प्रशासनको संघीय सहायता रोक्ने कदमलाई फेरि रोकिन 

इनेप्लिज २०८१ फागुन १३ गते २१:२८ मा प्रकाशित

एक संघीय न्यायाधीशले व्यवस्थापन तथा बजेट कार्यालयलाई संघीय सहायता रोक्ने कारवाहीलाई निरन्तर रोक्दै ट्रम्प प्रशासनको संघीय खर्च घटाउने प्रयासमा अर्को ठेस पुर्‍याइ दिएकी छिन्।

डिसीकी अमेरिकी जिल्ला अदालतकी न्यायाधीश लोरेन अलीखानले गैरनाफामूलक संस्थाहरूको एक समूहको पक्षमा निर्णय गरिन्।

अलीखानले अघिल्लो पटक अस्थायी रोक आदेश जारी गरिसकेकी थिइन् । न्यायाधीशले गत हप्ता तिनीहरूको प्रस्तावमा सुनुवाई गरेकी थिइन्।

गैरनाफामूलक संस्थाहरूले ट्रम्प प्रशासनले राष्ट्रव्यापी रूपमा सहायता रोक लगाउने आदेश दिँदा आफ्नो अधिकारभन्दा बाहिर गएर काम गरेको र यसले प्रथम संशोधन अन्तर्गत संगठनका अधिकार प्रयोग गर्दा संघीय सहायता माथि खतरा निम्त्याएको तर्क पेश गरेका थिए ।

पूर्व राष्ट्रपति जो बाइडेनद्वारा नियुक्त न्यायाधीशको निर्णयले ट्रम्प प्रसाशनलाई पुन झटका लागेको छ।

प्रतिक्रिया