भर्जिनियाको स्यानटिली शहरमा संचालित हिमालय फ्री क्लिनिकमा आगामी मार्च १ मा आँखा तथा श्रवण (हिइरिङ्ग) जाँच गरिने भएको छ ।
श्रवण अर्थात् (हिइरिङ्ग Hearing )जाँचको लागि १८ वर्ष र सो भन्दा बढ़ी उमेर भएका सबैले निशुल्क (फ्रि मा ) जाच गराउन पाइने भएको छ । तर भिजन /आँखा जाचको लागि ६ महिना वा सो भन्दा वढी उमेर भएका सबैले जचाउन पाउने छन् ।
समय विहान १० बजे देखि १२:३० सम्ममा हिमालय फ्रि क्लिनिकमा आउनु हुन हार्दिक अनुरोध गरिएको छ । समय लिई रहनु नपर्ने (एपोइन्टमेन्ट )मिलाउनु पर्दैन । तर पहिले आउनेले पहिलो प्राथमिकता ( first come, first serve service ) हुने छ हो ।
यी सेवाहरू स्वास्थ्य बिमा (Health insurance ) भएका/नभएका सबैको लागि भएको हिमालय फ्री क्लिनिकले जनाएको छ ।
सोही दिन (शनिवार मार्च १ का दिन ) रगत दान नि भएकोले इच्छुक महानुभावहरुले यहा दिइएको लिंक(सिक्री)मा गएर आफ्नो समय प्रवन्ध (एपोइन्टमेन्ट )बनाउनु हुन अनुरोध छ:
Venue: Himalaya Free Clinic,
4101 Elmwood Street, Chantilly, VA 20151.
Time: 10:00 to 1:30
Date: Saturday, March 1, 2025
प्रतिक्रिया