२१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसारको हार्दिक शुभ कामना

इनेप्लिज २०८१ फागुन १४ गते १०:४७ मा प्रकाशित

निमन्त्र किदुग, चिया, सफ्ट ड्रिंक्स र डिनरको व्यवस्था हुनेछ। स्थानीय वाइन, च्याङ पनि उपलब्ध हुनेछ् र उत्साह का साथ् लागि रहेको छन । युनाइटेड शेर्पा एसोसिएसन इंक. (शेर्पा किदुग) न्यू योर्क ले आउँदै गरेको सम्पूर्ण बौध्द धर्मलाम्बिहरुको महान चाड २१५२ औ स्यिङ मो डुल्लो ग्यल्पो लोसर नयाँ वर्ष लोसार मनाउन भब्य तयारी भाई रहेको छ । किदुगले धर्मलाम्बिहरु लाई पहिलो पटक सुबर्ण अबसर बुद्ध अवशेष (बुद्धका पवित्र अस्तु धातु )को दर्शन सहित सांस्कृतिक रोमाञ्चक कार्यक्रमहरूको श्रृंखला तयार पारेका छौं। २१५२ औ स्यिङ मो डुल्लो (सर्प वर्ष ) को स्वागत गर्दै सांस्कृतिक र धार्मिक् भाभ्य प्रास्तुतिहरु रहने छ। कार्यक्रम को तालिक तल उल्लेख गर्एको छ

१. बुद्ध अवशेष ( बुद्धका पवित्र अस्तु धातु ) को दर्शन:

मिति: शुक्रबार, फेब्रुअरी २८, २०२५ र शनिबार, मार्च १, २०२५
समय: बिहान ७:०० बजे देखि बेलुका ८:०० बजे सम्म
स्थान: शेर्पा किदुग गुम्बा (४१-०१ टेन्जिङ नोर्गे शेर्पा वे, ७५औं स्ट्रिट, एल्मhurst, NY ११३७३)
विशेष कार्यक्रम: पहिलो पटक, हामी जनतालाई बुद्ध अवशेष ( बुद्धका पवित्र अस्तु धातु ) को दर्शन: अवसर प्रदान गर्न पाउँदा उत्साहित छौं। यो विशेष अवसर नछुटाउनुहोस्!


२. शेर्पा किदुगमा लोसार उत्सव:

मिति: आइतबार, मार्च २, २०२५

स्थान: शेर्पा किदुग (४१-०१ टेन्जिङ नोर्गे शेर्पा वे, ७५औं स्ट्रिट, एल्मhurst, NY ११३७३)
गतिविधिहरू: विभिन्न शेर्पा सांस्कृतिक गतिविधिहरू सहितको परम्परागत लोसार उत्सवमा मनाउने छौ । पुज्यनिय सम्मानित धर्म गुरुहरुद्वारा प्रस्तुत गरिने मनमोहक धार्मिक् नृत्य हरु पनि अबलोकन गर्न पौने अबसर रहेको छ । सडक बन्द गर्नेछौं र शेर्पा परम्परागत सुन्दर पोशक मा सजिएर भेला हुनेछौं।

३. युनाईटेड शेर्पा लोसार सांस्कृतिक कार्यक्रम:

मिति: शनिबार, मार्च ८, २०२५
समय: साँझ ६:०० बजे देखि राति २:०० बजे सम्म
स्थान: तिब्बती सामुदायिक केन्द्र (५७-१२ तिब्बत वे, ३२औं एभ, वुडसाइड, NY ११३७७)

मुख्य आकर्षणहरू:

सांस्कृतिक प्रस्तुतिहरू: शेर्पा हरुको सस्कृति भाषा र पोशक लाई जीवन्त राख्ने सेब्द्रो नृत्य र टुङ्ना को सांगीतिक धुन सहित मनमोहक शेर्पा सांस्कृतिक नृत्यहरूको आनन्द लिना
विशेष सांगीतिक अतिथि: हामी लोकप्रिय नेपाली संगीत उद्योगकी गायिका प्रविशा अधिकारीलाई स्वागत गर्न पाउँदा सम्मानित छौं, जसले आफ्ना धेरै लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछिन्। स्थानीय शेर्पा गायकहरूले पनि मञ्चको शोभा बढाउनेछन्।
विशिष्ट अतिथिहरू: हामीले विभिन्न संघ सस्थ का सामाजिक अभियन्त अतिथिहरूलाई हाम्रो उत्सवमा सामेल हुन आमन्त्रित गरेका छौं।

शेर्पा परम्परागत नृत्य: शेर्पा संस्कृति केन्द्र रिग्शुङ लोप्टा बाट विशेष शेर्पा परम्परागत नृत्य प्रदर्शनले मोहित हुनु हुने छ ।
ऐतिहासिक नृत्य प्रदर्शन: नेपाली फिल्म उद्योगका ख्याती प्राप्त सुप्रसिद्ध कोरियोग्राफर गोविन्द राईले एउटा विशेष ऐतिहासिक नृत्य प्रस्तुत गर्नेछन्।

खाना र नास्त , चिया, सफ्ट ड्रिंक्स र डिनरको व्यवस्था हुनेछ। स्थानीय वाइन, च्याङ पनि उपलब्ध हुनेछ।
निमन्त्रणा:

हामी तपाईं, तपाईंको परिवार र साथीहरूलाई हाम्रो लोसार उत्सवहरूमा भाग लिनको लागि हार्दिक आमन्त्रण गर्दछौं। आउनुहोस्, हामी सँगै मिलेर रमाईलो गरौं, लोसार मनाऔं र् एक आपसमा शुभकामना आदान प्रादान गरौ

टिकट:

टिकट शेर्पा किदुगमा उपलब्ध छ। थप जानकारीको लागि र टिकट खरिद गर्न कृपया # ७१८७७९७३०० मा सम्पर्क गर्नुहोस्।
थुचेछे

साङ् दोर्जे शेर्पा
महासचिब

प्रतिक्रिया