श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ युवराजधिराज पारस शाह, श्री ५ युवराज्ञी हिमानी शाह, श्री ५ पुर्णिका शाह, श्री ५ कृतिका शाह र श्री ५ नवयुवराज हृदयेन्द्र शाह राज परिवारलाई मेरो सुझाव र सल्लाह सत्ता लिनु भन्दा पहिले मुलुकमा के के गर्ने भन्ने बारे योजना बनाई मात्र सत्ता लिनुहोला । सत्ता लिए लगत्तै मुलुकमा तत्काल नयाँ परिवर्तन र सुधारका कार्यहरू भएन भने जनताहरु निराशाजनक भइ फेरि आक्रोशित हुन सक्छन यसकारण योजनाहरु कार्यान्वयन गर्न तर्फ ध्यान जानुपर्ने हुन्छ ।
(१) सत्ता लिनु भन्दा पहिले मुलुकमा तत्काल के के गर्ने भन्ने बारे योजना बनाई मात्र सत्ता लिनुपर्छ । सत्ता लिएपछि योजना बनाउने हो भने असफल भइन्छ । परिवर्तन भन्ने कुरा सबैले तत्काल परिवर्तन खोजेका हुन्छ्न । सत्ता लिए लगत्तै कुनै पनि योजनाहरु कार्यान्वयन नहुने हो भने जनताहरु निराशाजनक हुन्छन र आक्रोशित हुन सक्छन । कहाँ के के गर्ने योजना बनाई मात्र हात हाल्नुपर्छ ।
(२) राजपरिवारले का सदस्यहरुले युवाहरुको हितको सम्बन्धमा सम्बोधन कसरी गर्ने भन्ने बारे पनि योजना बनाउनुपर्छ ।
(३) राजपरिवारले का सदस्यहरुले बेरोजगारहरुको हितको सम्बन्धमा पनि योजना बनाउनुपर्छ ।
(४) मुलुकमा एउटा सियो सम्म उत्पादन हुन्न । बन्द गरिएका कल कारखानाहरु संचालनका लागि योजनाहरु बनाउनुपर्छ ।
(५) राजपरिवारले का सदस्यहरुले स्वास्थ्य र शिक्षालाई नि:शुल्क गर्ने भन्ने बारे पनि योजना बनाउनुपर्छ ।
(६) नेपालको मुख्य आयस्रोत नै पर्यटकीय स्थल र जलस्रोत हो । राजपरिवारले का सदस्यहरुले पर्यटकीय स्थलहरु तथा जलस्रोतलाई हाइड्रोपावर को माध्यम र सोलार पावर बाट प्रशस्त बिजुलि उत्पादन गर्ने बेचबिखन गर्ने ठाउँहरु बारे योजनाहरु बनाउनुपर्छ ।
(७) राजपरिवारका सदस्य हरुले बुझ्नुपर्ने कुरा मुलुकमा आर्थिक क्रान्ति नभई केही पनि संभव छैन । अब मुलुकमा आर्थिक क्रान्तिको अपरिहार्य छ । राजपरिवारलेका सदस्यहरुले मुलुकमा दीगो रूपमा आर्थिक क्रान्ति कसरी गर्ने भन्ने बारे योजना बनाई अघि बढनुपर्छ । राजपरिवारका सदस्य हरुले मुलुकमा दीगो रूपमा आर्थिक क्रान्ति गर्नका लागि जडिबुटी र खनिजहरुको खानी जस्तै पेट्रोलियम पदार्थ खानी, ग्यास खानी, युरेनियम र सुन खानी आदि आदि जस्तालाई खनीज खानीहरु कहाँ कहाँ छन तत्काल पत्ता लगाउने कार्यहरु गरि श्री ५ को सरकार आफैले गर्ने हो कि स्वदेशी र बिदेशीलाई टेण्डर आव्हान गरि खोजतलास र उत्खननका लागि जिम्मा दिनुपर्ने खनिज खानीहरु निकाल्नमा जोड दिनुपर्ने देखिन्छ ।
स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया