अमेरिकाको भर्जिनिया विश्वविद्यालय चार्लोट्सभिलमा चक्कु प्रहार ,संदिग्ध पक्राउ

इनेप्लिज २०८१ फागुन १६ गते ०:३१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको भर्जिनिया विश्वविद्यालय चार्लोट्सभिलमा चक्कु आक्रमण गर्ने संदिग्धलाई पक्राउ गरिएको छ ।

फेब्रुअरी २७ बिहिबार साँझ ५:४५ बेलुका प्रहरीले अध्यावधिक गर्दै भर्जिनिया विश्वविद्यालय (युभीए ) प्रहरी विभागले हाता भित्र भएको आक्रमणमा संलग्न एक संदिग्धलाई पक्राउ गरेको जनाएका छन् । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

चार्लोट्सभिल प्रहरी विभागका अनुसार बिहीबार बेलुका ४:३५ बजे १०० एमेट गल्लीको दक्षिण क्षेत्रमा छुरा प्रहार भएको खबर पाएपछि चार्लोट्सभिल प्रहरी विभाग) र युभिए अर्थात् भर्जिनिया विश्वविद्यालयप्रहरी विभागका अधिकारीहरू त्यहाँ पठाइएका थिए।

संदिग्ध स्वेत पुरुष भएको प्रहरीले बताएका छन् । सिबिएस१९न्यूज डटकमका अनुसार उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी उपस्थिति रहेको छ। घटनामा घाइते भएका व्यक्तिलाई युभिए स्वास्थ्य प्रणाली (युभिए हेल्थ सिस्टम)मा उपचारका लागि लगिएको छ।

प्रतिक्रिया