अमेरिकाको भर्जिनिया राज्यको मनासस पार्क शहरबाट हराएकी ममता काफ्लेको शव खोज्ने क्रममा सबै सम्भावित सुरागहरू समाप्त भइसकेको तर अनुसन्धान अझै जारी रहेको मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले भर्जिनियाको स्थानीय पत्रिका डब्लुजेएलए (7News)बताएका छन्।
“हालसम्म हामीले सबै सम्भावित सुरागहरू सकिसकेका छौं,” प्रमुख लुगोले डब्लुजेएलएको प्रश्नको जवाफ दिँदै बिधुतिय डाक (ईमेल)मा भने। “[तर] हामीले संकलन गरेका प्रमाणहरू पुनः मूल्याङ्कन गर्दै सम्भावित खोजी स्थानहरू र नयाँ सुरागहरू पत्ता लगाउने प्रयास जारी राखिरहेका छौं।”
ममता गत बर्ष २०२४ को जुलाईको अन्त्यतिर हराएकी थिइन्। त्यसको तीन सातापछि उनका पति नरेश भट्टलाई उनको शव लुकाएको अभियोग लगाइएको छ । गत बर्ष डिसेम्बरमा उनलाई हत्या र मृत शरीरलाई अपवित्र गर्ने थप अभियोग लगाइएको थियो।
अनुसन्धानकर्ताहरू राष्ट्रमण्डल सरकारी अधिवक्ता कार्यालयसँग मिलेर मुद्धाका लागि आवश्यक प्रमाणहरू उपलब्ध गराइरहेका छन्,” प्रमुख लुगोले भने।
प्रहरी प्रमुखका अनुसार अहिलेसम्म झण्डै ५० वटा भौतिक खोजीहरू गरिएको छ, जुन नोभेम्बरसम्म रिपोर्ट (सूचना )गरिएका २० भन्दा धेरै खोजीहरू भन्दा बढी हो।
त्यसैगरी, प्रहरीले हालसम्म ४४ वटा खोजी आदेश, अदालती आदेश र समन्सहरू प्राप्त गरी कार्यान्वयन गरिसकेको छ, जुन नोभेम्बरसम्म ३० भन्दा बढी रहेको बताइएको थियो।
प्रमुख लुगोका अनुसार थप खोजी आदेशहरू, अदालती आदेशहरू र समन्सहरू लिने तथा कार्यान्वयन गर्ने काम भइरहेको छ।
प्रतिक्रिया