ट्रम्प,भान्स र जेलेन्स्कीबीच ह्वाइट हाउस तातो बहस,युद्ध शान्ती प्रयास सॅभावना न्यून

इनेप्लिज २०८१ फागुन १६ गते १८:३८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भ्यान्स, र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभल कार्यलयमा भएको बैठक तनावपूर्ण रहन पुगेको छ ।

रुस र युक्रेन युद्धबारे छलफल निकै चर्कियो ।राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई रुस सम्झौता गर्न दबाब दिए, अन्यथा अमेरिकी समर्थन कम हुन सक्ने चेतावनी दिए।

बैठकको क्रममा उपराष्ट्रपति भान्सले जेलेन्स्कीलाई “अशिष्ट” भएको आरोप लगाए, किनभने उनले अमेरिकी सॅचारमाध्यमको सामु युक्रेनको पक्ष प्रस्तुत गरे। भान्सले जेलेन्स्कीलाई अमेरिकाको युद्ध समाधान प्रयासप्रति आभार व्यक्त गर्न आग्रह गरे।

यो तनावपूर्ण अवस्था तब आयो जब ट्रम्प प्रशासनले युक्रेनलाई युद्ध अन्त्य गर्न आग्रह गर्यो । बैठकमा युक्रेन र अमेरिकाबीच दुर्लभ खनिज स्रोतसम्बन्धी सम्झौता हुन लागेको थियो। ट्रम्प प्रशासनले अमेरिकी समर्थनको बदलामा युक्रेनका तेल र खनिज स्रोतहरूको आधा स्वामित्व मागेको छ, जुन जेलेन्स्कीले अस्वीकार गरेका छन्। उनी सुरक्षा प्रत्याभूती खोजिरहेका छन्।

यो बैठकले अमेरिका-युक्रेन सम्बन्धमा बढ्दो जटिलता देखाएको छ ।

प्रतिक्रिया