अनेसास बोस्टनको भव्य समारोह:

इनेप्लिज २०८१ फागुन १६ गते २२:२७ मा प्रकाशित

‘अथक अभिलाषा’ लोकार्पण, सरस्वती पूजा, र पद हस्तान्तरण सम्पन्न!

अमेरिका, बोस्टनस्थित नेपाली कम्युनीटी सेन्टरमा अनेसास बोस्टन च्याप्टरको साधारण सभा, कवि प्रकाश खड्का ‘अभियान’द्वारा लिखित अथक अभिलाषा कविता संग्रहको लोकार्पण, सरस्वती पूजा तथा पद हस्तान्तरण समारोह भव्य रूपमा सम्पन्न भयो।

साहित्यिक वातावरणले भरिएको कार्यक्रममा विभिन्न साहित्यकार, समीक्षक, तथा नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। अनेसास बोस्टनका वरिष्ठ उपाध्यक्ष विजय शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा, शभालाई सम्बोधन च्याप्टरका अख्यक्ष महेश्वर पन्तले गरेका थिए। कविहरु महेश्वर पन्त, लाल गोपाल सुवेदी, नारायण श्रेष्ठ, गोवर्धन पूजाले कविता सग्रंहको बारे बोलेका थिए। साथमा अतिथि शुशिल पौडेल, प्यावफोनका अध्यक्ष बिरोचना नेपाल, राजमित्र स्मृति प्रतिष्ठानका सुशिल नेपालले कार्यक्रम र कविता सग्रंहका बारे थप प्रकाश पारेकाथिए।

अथक अभिलाषाको समीक्षा गर्दै कृतिलाई नेपाली कविताको नयाँ माइलस्टोनका रूपमा व्याख्या गरिएको थियो। आफ्नै कविताका बारे बोल्दै कवि प्रकाश खड्काले सग्रंह निकाल्दा सहयोग गर्ने ऋषभ घिमिरे सम्पादक, अनेसास बोस्टन प्रकाशक सबैलाई धन्यवाद दिएका थिए।

साधारण सभामा अनेसास बोस्टन च्याप्टरले यो वर्ष गरेका कामको प्रतिवेदन र कोषाध्यक्ष थानिरत्न कँडेलले गत दुई वर्षको जम्मा रकम र खर्चिएको रकमको बृस्तित विवरण दिएका थिए। शभाले यो आधिवेशन र यस्का सम्पूर्ण विवरणहरुलाई सर्व-सम्मतले पास गरेको थियो।

अन्तमा पद हास्तान्तरण र सपथ ग्रहण गराऊँदै प्रमुख निर्वाचन आयूक्तले बोस्टन च्याप्टरले पहिलो पटक निर्वाचन प्रबिधिबाट चुनाव गराएर ईतिहाँस रचेको बताऊँदै बाहिरगमन गर्न लागेको टीमका अध्यक्ष मेहेश्वर पन्त र उनको टीमले गरेको ऐतिहाँसिक कामलाई नयाँ समितिले पनि अगाडि बढाउनु पर्ने च्यालेन्ज आएको बताएका थिए। आगामी गतिविधिहरूको बारे बोल्दै नयाँ नेत्रित्व सम्हालेका अवि गजुरेलले केहि आगामी योजना सुनाएका थिए।साथै, सरस्वती पूजाको पवित्र अवसरमा साहित्य, कला, र शिक्षाको महत्वलाई विशेष रूपमा उजागर गरियो।

प्रतिक्रिया