कविता प्रेम शक्ति गोवर्द्धन पूजा

इनेप्लिज २०८१ फागुन १६ गते २२:३३ मा प्रकाशित

लिन्नँ भन्थ्येँ,

तिम्रो नाम कहिल्यै पनि !

सम्झन्नँ भन्थेँ,

तिमीसँगका समयहरू !

एउटा कठोर तपस्वीको तपस्याजस्तै

प्रेमको चुचुरो चुल्याउनका लागि !

अग्याउन हाम्रो सम्बन्धको शिखर !

अहँ सकिनँ

सक्दै सकिनँ

छायाँबाट कायालाई छुट्याउन !

तिमीलाई बिर्सनका लागि

फेरि सम्झन खोज्दैछु ।

प्रतिक्रिया