अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को बोर्ड अफ ट्रस्टीको निर्वाचन सफलतापूर्व सम्पन्न भएको छ ।
मेरिल्याण्ड राज्यको छाता संगठन तथा अमेरिका भरि रहेका बिभिन्न संघ/संस्थाहरु मध्ये कै शीर्ष स्थान मध्ये कै एक अत्यन्तै क्रियाशील रहेको बानामा आज ट्रष्टि निर्वाचन हुँदा प्रभु राम थापा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
ट्रष्टीमा भएको निर्वाचनमा बानाकी पूर्व अध्यक्ष ,कलाकार तथा व्यवसायी अनुशुया श्रेष्ठ वन्त (उपाध्यक्ष) र सुर्योदया तिम्सिना (सचिव) निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, रिना केसी, जनक पौडेल, र सुशिला महत ट्रस्टी सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।
बाना निर्वाचित नेतृत्वलाई हार्दिक बधाई ज्ञापन गर्दै निर्वाचन समितिका अध्यक्ष सुबोध विलास पन्त, बाना ट्रष्टीका अध्यक्ष कुल आचार्य ,एएनएका वर्तमान अध्यक्ष खगेन्द्र अधिकारी लगाएतले बिजयी टोलीलाई बधाई तथा शुभकामना दिएका छन् ।
ट्रष्टी निर्वाचन समितीको संयोजकमा बाना अध्यक्ष सुबोध बिलास पन्त रहेका थिए भने सदस्यहरुमा लक्ष्मी भारती र सागर घिमिरे रहेका थिए । अन्य सबै पदमा निर्बिरोध भएपनी अध्यक्ष पदमा मतदान भएको थियो।
११६ मतदातामा ९७ मत ल्याएर प्रभु राम थापा बिजयी भएका छन् भने महेन्द्र देशारले १९ मत ल्याएका थिए । थापाले करिव ५ गुना ज्यादा मत ल्याई बाजी मारेका छन् ।
निर्वाचन पछी बोल्दै बिजेताहरुले संस्थाले नयाँ नेतृत्वको मार्गदर्शनमा समुदाय सेवामा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
इनेप्लिज परिवारको तर्फबाट नव निर्वाचित समितिलाई हार्दिक बधाई तथा शुभकामना !
प्रतिक्रिया