वानाको निर्वाचनमा टिम कोशिसको मजवुत उपस्थिति

इनेप्लिज २०८१ फागुन १७ गते २३:२२ मा प्रकाशित

वाल्टिमोरमा रहेको नेपालीहरुको संस्था वाल्टिमोर एशोसियसन अफ नेप्लीज ईन अमेरिका ( वाना) को आगामी अप्रिल ६ तारिखमा निर्वाचन हुने भएको छ ।

उक्त निर्वाचनमा अध्यक्षका चार जना प्रत्यासीहरुले उमेदवारी दर्ता गराएका छन जसमा हिरा गुरुङ्ग, जीतेन्द्र गुरुङ्ग , लक्ष्मी भारती, कोशिस भण्डारी रहेका छन् । यी मध्ये अध्यक्षका प्रत्यासी रहेका कोशिस भण्डारीले आफनो प्यानल सहित सशक्त रुपमा मैदानमा आएका छन् ।

उनले प्यानल सहित निर्वाचनमा जानु पर्नेको कारणवारे भने मैले केही एजेण्डाहरु तय गरेको छु , त्यो एजेण्डालाई मूर्त रुप दिनका लागि एउटा सशक्त टीम आवश्यक पर्ने भएकाले टिम सहित जाने प्रयत्न गरेको हुँ । कोशिस थप्छन – यसले सामाजिक संस्था भनेको केवल व्यक्ति होईन समूह हो भन्ने सन्देश सम्प्रेषण गर्न पनि हामी टिम सहित मैदानमा उत्रिएका छौं ।

पेशाले आईटी ईन्जिनियर रहेका भण्डारी समाजसेवामा सामूहिक सहभागितालाई विश्वास गर्ने वताउँछन् । उनी मुख्यमा रुपमा चार कुराले मैदानमा आएको वताउँछन ,पहिलो यहाँ रहेका नेपालीहरुलाई अमेरिकी सरकारको तीनै तहको सेवा सुविधा वारेमा जानकारी दिने उनीहरुको सहभागिता जनाउने र संस्थालाई सरकारी निकायसँग समन्वय गर्ने ।,दोश्रो ,यहाँ रहेका नेपालीहरुलाई आईपर्ने अनेकन समस्याहरुसँग जुध्नको लागि हेल्प डेस्कको खाँचो रहेको छ, कतिपयलाई भाषा गत समस्याका कारणले उनीहरुले दैनिकी कठिन वनेको छ त्यसलाई सहयोग गर्नु हाम्रो दायित्व हो । उनीहरुलाई समस्यामा परेपछि होईन की समस्या पर्न सकछ भनेर जागरण गराउनु आवश्यकता छ । कोशिस थप्छन हामी आगो लागेपछि ईनार खन्ने होईन की आगो लाग्दा अपनाउनु पर्ने सावधानीका उपायवारे समुदायलाई सूसूचित गराउन चाहन्छौं ।

तेश्रो, पहिलो पटक अमेरिका आईपुगेका नेपालीहरु जसलाई यहाँको वातावरणमा घुलमिल गराउन एउटा संयन्त्रको खाँचो परेको छ, जसमा विद्यार्थीहरुलाई पनि सहयोग गर्न सकियोस् ।

चौथो, यहाँ हुर्कदै गरेको पुस्तालाई हामीहरुको भाषा, संस्कृतिको वारेमा जागरुक गराउँदै उनीहरुलाई अवसरको खोजी कसरी गर्ने भन्ने विषयमा विभिन्न वर्कसपहरु सञ्चालन गर्ने योजना रहेको वताउँछन् ।

यसको लागि हामी सामूहिक रुपमा टीम वनाएर मैदानमा उत्रिएका छौं ।

कोशिसको टीम :

अनेकतामा एकता हामीहरुको सामूहिक प्रतिवद्धता भन्ने उद्घोषका साथ मैदानमा उत्रिएको कोशिस भण्डारीको समूहका विभिन्न पेशा, व्यवसाय गर्ने तथा युवाहरुको समेत सहभागिता रहेको छ ।

वरिष्ठ उपाध्यक्ष डा. एकता कोईराला :

आफनो पेशागत जिम्मेवारीमा डक्टर अफ नर्स प्राक्टिसनर एण्ड नर्स एजुकेटर रहेकी कोईरालाले मेरिल्याण्डमा रहेका विभिन्न सामाजिक संस्थाहरु चिकित्सकहरुको टोलीमा वसेर स्वयंसेवा गर्दे आएकीछन् ।

उनी भन्छिन मैले मेरो पेशागत जिम्मेवारीमा नव प्रवेशी नर्सहरुलाई गाईड गर्ने र उनीहरुलाई पेशागत रुपमा स्थापित गराउन भूमिका खेल्दै आएकी छु ।

मेरो समुदाय प्रतिको लगाव र स्वास्थ्य सेवाको कर्म क्षेत्रका कारणले मेरो योगदान र क्षमता मार्फत वानाको माध्यमवाट काम गर्न सकिन्छ भनेर टीम कोशिसको वरिष्ठ उपाध्यक्षको रुपमा उमेदवारी दिएकी छु ।

उपाध्यक्ष ,गणेश भट्टराई :

उनी भन्छन– मेरिल्याण्डमा समाज बढदै गएकोले यसलाई समन्वय गर्न सक्ने र सामाजिक रुपमा सशक्त रुपमा काम गर्न सक्ने समूह भनेको नै टीम कोशिस भएकाले हामीहरु सामूहिक रुपमा मैदानमा आएका छौ ।

वाल्टिमोरमा वस्दै आएका गणेश पेशागत रुपमा वाल्टिमोर सववे ग्रुपमा महाप्रवन्धकको रुपमा काम गर्दे आएका छन् ।

महासचिव, तारा खराल न्यौपाने :

पेशागत रुपमा एजुकेटर रहेकी न्यौपाने टीम कोशिस समूहवाट महासचिवमा उमेदवार वनेकी छन् ।

उनी भावी पिढीको लागि हामीहरुको भाषा, संस्कृति र नैतिकतालाई आत्मसात गर्ने सक्षम व्यक्ति वनाउनु पर्ने धारणा राख्छिन् ।

तसर्थ नेपाली अभिभावकहरुको माग अनुसार भाषा कक्षा समेत सञ्चालन गर्दे आएको वताउँछिन् । यदि हामीहरुको टीमलाई मतदाताले काम गर्ने अवसर दिनु भयो भने हामी एउटा गौरव गर्ने संस्थाको रुपमा वानालाई अगाडि वढाउने छौं ।

सचिव,जनक वहादुर पुन मगर :

आफूलाई स्वयं रोजगार दाताको रुपमा परिचय दिनुहुने जनक समाजिक काममा सदैव अग्रपंक्तिमा छन् । उनी टीम कोशिसको तर्फवाट सचिव पदमा उमेदवार रहेका छन् ।

उनी सामाजिक काम सदैव निस्वार्थ हुनुपर्ने र सामूहिक हुनुपर्ने धारणा राख्छन् ।

हामी हाम्रो टीम निर्वाचित भएको खण्डमा वानाको माध्यमवाट अनेकन तरिकाले समुदायको हीतको लागि काम गर्ने रणनीति लिएका छौं पुनले भने ।

कोषाध्यक्षमा राजेन्द्र रेग्मी :

मेरिल्याण्डमा व्यवसाय गर्दे आएका राजेन्द्र रेग्मी टिम कोशिसवाट कोषाध्यक्षमा उमेदवारी दिएका छन । उनी संस्थाको गतिविधी सदैव पारदर्शी र सदस्य मैत्री हुनुपर्ने कुरामा जोड दिदै टिम कोशिसको तर्फवाट कोषाध्यक्षमा उमेदवारी दिएको वताउँछन् ।

हामी हरेक त्रैमासिकमा सदस्यहरुलाई आय विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जाहेर गर्दछौं । तसर्थ हामीहरुको टीमले संस्थागत पारदर्शीतालाई आफनो मुख्य कार्ययोजनामा राखेको उनी वताउँछन् । टीम कोशिसको तर्फवाट सदस्यमा पाँच जना उमेदवारी दिएका छन् ।

जस्मा अर्जुन क्षत्री ,डम्वर वस्नेत, डा. कृष्ण विष्ट, निर्णय प्रधान र राजीव क्षेत्रीले उमेदवार दिएका छन् । पेशागत रुपमा अर्जुनले लामो समय पत्रकारितामा विताएका छन भने डम्वरले सामाजिक सेवामा काम गर्दे आएका छन् ।

यसै गरी डा. कृष्ण विष्ट मेरिल्याण्डमा रहेको मोर्गेन स्टेट युनिभर्सिटीमा प्राध्यापकको रुपमा काम गर्दे आएका छन् । उनी समाजलाई एकीकृत गर्दे , समुदायको चासोको लागि सामूहिक पहलको लागि टिम वनाएर उमेदवारी दिएको वताउँछन् ।

यसै गरी निर्णय प्रधान युवा व्यवसायी हुन उनी समुदायमा कसरी युवा मैत्री कार्यक्रम गर्न सकिन्छ भनेर सिक्न कै लागि भएपनि संस्थामा वस्न आएको वताउँछन् ।

पेशाले सफटवेयर ईन्जिनियर राजीव क्षेत्री सामुदायिक गतिविधीमा सदैव अग्र पंक्तिमा खटिदै आएका छन् ।

उनी भन्छन-“ हामी हाम्रो समुदायको लागि एउटा कुशल नेतृत्व चयनको प्रक्रियामा रहेका छौं । यसलाई साथ दिनुहुन सम्पूर्ण वानाका वोर्ड अफ ट्रष्टि, आजीवन सदस्यहरु र सदस्यहरुमा हार्दिक अपिल गर्दछौं । “ हामीहरुले भन्दै आएका छौं – सक्षम,सवल र चुस्त कार्यसम्पादन, टिम कोशिसलाई अमूल्य मतदान ।

प्रतिक्रिया