फलेवास, पर्वत, २०८१ साल फागुन १८ गतेःयस कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्तको तेत्तिसौं स्मृति दिवसको अवरमा एक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपालको संस्कृति एवं लोकसाहित्यका अनुसन्धानदाता स्रष्टा कालीभक्त पन्तको नाममा स्थापित वि.सं. २०८१ सालको कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार वितरण गर्नुका साथै स्रष्ठा सम्मान तथा विभिन्न विधामा स्थापित छात्रवृत्ति समेत वितरण गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष प्रा. डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा फ. न.पा. का मेयर श्री गंगाधर तिवारीको प्रमुख आतित्थ्य, उप-मेयर शोभा कुमारी क्षत्री, फ. न.पा. ६ का वडाध्यक्ष श्री नविन श्रेष्ठ, फ.न.पा. ७ का वडाध्यक्ष केशर पन्तको विषेश आतिथ्य रहनुका सथै प्रतिष्ठानका पदाधिकारीहरु, स्थानीय जनप्रतिनीधी, विद्यालयहरुका प्रधानाध्यापक/शिक्षकहरु, साहित्यकाहरु, गन्यमान्य व्यक्तित्वहरु, लगायत परिवारका सदस्यहरुको उपस्थिति थियो । पर्वत बहुमुखी क्याम्पसका प्रमुख श्री लाल प्रसाद शर्मा तथा प्राध्यापक जगन्नाथ प्रसाद लम्सालले कालीभक्त पन्तका देनहरुको वारेमा र प्रमुख अतिथि तथा अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धानगर्ने, कृतिहरु प्रकाशन गर्ने, लोकवार्ता र संस्कृतिको प्रचार-प्रसार र विकास गर्ने, व्यक्तित्वलाई विगत सात वर्षदेखि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । नेपालमा रू १,०१,०००।– र विदेशमा १००१ अमेरिकी डलर राशि तथा सम्मान पत्र सहितको उक्त पुरस्कार यस वर्ष नेपालको विभिन्न क्षेत्रको लोकवार्ता, लोक साहित्य, र लोक संस्कृतिको अध्ययन, अनुसन्धान गरी विभिन्न कृतिहरु प्रकाशन गर्नुका साथै, आफ्ना अनुसन्धानात्मक कृतिहरु र पुस्तकहरुको प्रकाशनका माध्यमबाट नेपालको लोकवार्ता, लोक साहित्य, र लोक संस्कृतिलाई नेपालका विभिन्न क्षेत्र एंव विश्वसामु परिचित गराउन पुर्याउनु भएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै बाग्लुङ न. पा. ३ निवासि स्रष्टा श्री प्रेम छोटालाई प्रदान गरियो । यस अघि सत्यमोहन जोशी-(२०७५), कृष्ण कंडेल – (२०७६), तुलसी दिवस– (२०७७), प्रा. डा. चुडामणी बन्धु- (२०७८), कुमार वस्नेत- (२०७९) र अमेरिकी नागरीक आना स्टारलाई प्रदान गरिएको मुलधन रु १०,००,०००।– रासीको उक्त पुरस्कारका संस्थापक कालीभक्त पन्तका साँहिला छोरा/ बुहारी गोबिन्द प्रसाद पन्त र उर्मिला देबी पन्त वहाँका छोराछोरीहरु महेश्वर पन्त, परमेश्वर पन्त र अञ्जुदेवी पन्त हुनु हुन्छ ।
कार्यक्रममा नेपली लोक-संस्कृती र साहित्य वारे खोजि गरी संचार माधयम मार्फत प्रचार-प्रसार गर्ने पत्रकार श्री ओम भण्डारीलाई खादा, माला, दोसल्ला ओडाई सम्मान गर्नुका साथै नगद रु १०,०००।– र कदर पत्र समेतको कालीभक्त पन्त स्मृति पुरस्कार २०८१ प्रदान गरिएको थियो । उक्त पुरस्कारका संस्थापक कालीभक्त-कृष्णा पन्तका ज्येष्ठ सुपुत्र श्री दुर्गाभक्त पन्त हुनु हुन्छ ।
यस वर्षको कृष्णा पन्त महिला सम्मान पुरस्कार फ. न. पा. ६ निवासी वरिष्ट ज्येष्ठ नागरीक श्रीमती बेणुका पौडेललाई प्रदान गरियो । उक्त पुरस्कार कालीभक्त-कृष्णा पन्तकी माहिली सुपुत्री दुर्गा देबी पन्त पाण्डेले संस्थापन गर्नु भएको हो ।
आमा स्व. कृष्णा पन्तको स्मरणमा साँहिला छोरा गोबिन्द प्रसाद पन्तले स्थापना गर्नु भएको छात्रवृत्ती श्री शारदा मा.वि. फ.न.पा. १० कुर्घाका कक्षा ९(२०८०) का सर्वोत्कृट छात्रा श्री सोनिया पौडेल, बुवा स्व. कालीभक्त पन्तको स्मरणमा साँहिला छोरा गोबिन्द प्रसाद पन्तले स्थापना गर्नु भएको छात्रवृत्ती श्री लिमिठाना मा.वि. फ.न.पा. ७ लिमिठानाका कक्षा ९(२०८०) का सर्वोत्कृट छात्रा श्री सुष्मा सुनार, तथा दिदी स्व. दुर्गादवी पन्त पाण्डेका नाममा कान्छी बहिनी प्रा. डा. गजवकुमारी शर्मा तिमिल्सिनाले स्थापन गर्नु भएको छात्रवृत्ती श्री जनाता मा.वि. फ.न.पा. ६ देवीस्थानका कक्षा ११ (२०८०) का सर्वोत्कृट छात्रा श्री अनिता नेपालीलाई प्रदान गरिएको थियो । उक्त सबै छात्रवृत्तिको मुल कोष एक-एक लाखको रहेको रवार्षिक छात्रवृत्ति आठ-आठ हजार रहेको छ ।
प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिना
अध्यक्ष
मितिः २०८१-११-१८, फलेवास न. पा. ६ देवीस्थान पर्वत
फोनः ९८५१०००१७४;९८५१०१००५२; इमेलः [email protected];
[email protected]
प्रतिक्रिया