अपाङ्ग महिलालाई जवरजस्ती करणी गरी फरार रहेका प्रतिवादी १ बर्षपछी पक्राउ

इनेप्लिज २०८१ फागुन १९ गते ११:१३ मा प्रकाशित

घटना विवरण:

अशक्त र बौद्धिक अपाङगता भएकी महिलालाई जबरजस्ती करणी गरेको मुद्दामा वारदात मितिदेखि फरार रहेका निम्न प्रतिवादि विभिन्न स्थानमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित अर्घाखाँची जिल्ला अदालतमा पेश गरेकोमा सम्मानित अदालतबाट दिन ५ को म्याद लिई यस कार्यालयबाट मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर अन्तरगत अनुसन्धान कार्य भईरहेको ।

पक्राउ परेका व्यक्तिको विवरण :-

नामथर : गोबिन्द प्रसाद बस्याल
ठेगाना:- जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा न. १२ कल्लाबोट
मुद्दा :- करणी सम्बन्धी कसुर (जवरजस्ती करणी)
घटना मिती :- २०८०।१०।१९ गते
उमेर:- ६३ बर्ष
पक्राउ मिति :- २०८१।११।१८ गते बिहान अं ९:३० बजेको समय ।
पक्राउ स्थान :- जिल्ला अर्घाखाँची सन्धीखर्क नगरपालिका वडा.नं. १ सन्धिखर्क

घटनाको संक्षिप्त विवरण
जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा न. १२ कल्लाबोट बस्ने गोविन्द प्रसाद
बस्यालले जिल्ला ४८ बस्ने वर्गको अपाङ्गता भएकी बर्ष २६ की महिला परिवर्तित
नाम ४८ (०८०/०८१)L2 लाई जबरजस्ती करणी गरेको भन्ने घटना सम्बन्धमा
जाहेरवाला परिवर्तित नाम ४८ (०८०।०८१) ले यस कार्यालयमा मिति

२०८१।०२।३२ गते जाहेरी दिएको, निज प्रतिवादीले पिडित महिलालाई आफ्नो
District Police
Office
Sandhikhark
Arghakhanchi
Press
Release

घरमा घरायसी काम गराउने गरेको र सोही समयमा कोही नभएको मौका पारी पटक
पटक जवरजस्ती करणी गरेको कारणबाट निज पिडित महिलाको पेटमा गर्भ रहन गई
हाल २०८१/०७/२८ गते एक छोराको जन्म भई हाल ३ महिनाको रहेका ।

सूचना अधिकारी
जगन्नाथ मरासिनी
मिति:-२०८१।११।१८ गते ।
(प्रहरी निरीक्षक)
सम्पर्क न. ९८५७०८६०९९

प्रतिक्रिया