घटना विवरण:-
सम्मानित अर्घाखाँची जिल्ला अदालतको मिति २०८०।१०।२८ गतेको फैसला र उच्च अदालत तुल्सीपुर वुटवल इजालसको मिति २०८१।१०।२० गतेको सदर फैसलाले चोरी मुद्दामा सजाय तोकी फरार रहेका निम्न प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित अर्घाखाँची जिल्ला अदालतमा पठाईएकोमा सम्मानित अर्घाखाँची जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानको लागी कारागार कार्यालय अर्घाखाँचीमा पठाईएको ।
पक्राउ पर्ने व्यक्तिको विवरण :-
नामथर:- राजु खान भन्ने राजु पाखिया
उमेर:- २७ वर्ष
वतन:- जिल्ला कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा न. २ हाल सन्धिखर्क नगरपालिका वडा
नं. १
मुद्दा:- चोरी
कैद:- ५ महिना १५ दिन
पक्राउ मिति:- २०८१।११।१९ गते
पक्राउ स्थान:- सन्धिखर्क नगरपालिका वडा नं. ०१
घटनाको संक्षिप्त विवरण:-
जिल्ला गुल्मी मदाने गाउँपालिका वडा नं. ७ भनभने नेटाखर्क बस्ने बर्ष ८३ को चन्द्र बहादुर क्षेत्री मिति २०८०।०५।२५ गते दिउँसो अं. १३:०० बजेको समयमा जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. १ बस्ने राजु खान भन्ने राजु पाखियाले संचालन गर्दै आईरहेको पसलमा गई किराना सामानहरु किनेको र उक्त पसलको संचालक निज राजु खान भन्ने राजु पाखियाले निज पिडित चन्द्र बहादुर क्षेत्रीले झोलामा पैसा राखेको देखेपछी तपाईलाई झोला लैजान गाह्रो हुन्छ भनि गाडी जाने स्थान सम्म झोला पुर्याई दिन्छु भनि निज चन्द्र बहादुर क्षेत्री र निजको झोला गाडी जाने स्थान सम्म पुर्याएको र झोलामा राखेको एकाउन्न हजार रुपैया (रु.५१,०००।-) पैसा लगी निज राजु खान भन्ने राजु पाखिया फरार भएको ।
प्रतिक्रिया