मेरिल्याण्डमा इमिग्रेशन (आप्रवासी) सम्बन्धी अधिवक्ता वासुदेव फुलारासँग आउदो आइतबार अन्तरक्रिया गरिने

इनेप्लिज २०८१ फागुन २३ गते ११:५५ मा प्रकाशित

हार्दिक निमंत्रणा

समुदायका आदरणीय एवं मान्यवर महानुभावहरु, सादर नमस्कार।

यो जो जसलाई सम्बंधित छ।

हालमा अहिलेको डिर्पोटेशन अभियान, नेपालीसंग जोडिएर आएका समाचार कति यथार्थ कति हल्ला ?

वर्तमान परिप्रेक्ष्यमा इमिग्रेशन (अप्रवासी) माथि कडाई शुरु भएको छ। संयुक्त राज्य अमेरिकामा मात्र होइन नेपाली मिडियाले समेत यो विषयलाई प्रमुखताका साथ समाचार दिईरहेका छन्। यसले अवैध रुपमा अमेरिका ( युएसए) मा वस्दै आएका मानिसहरुलाई त्रास थपेको र मानसिक तनाव समेत पनि भै रहेको छ भनेर समाचारहरु फैलिएका छन्। कलेज समय वाहेक काम गर्दै आएका विद्यार्थीहरुलाई पनि के होला भन्ने सबैलाई त्रास र सर्वत्र चासो छ ।

यसलाई ख़्याल गरेर अमेरिकामा इमिग्रेशनका वारेमा निरंतर परामर्श दिदैं आउनु भएका बरिष्ट अधिवक्ता श्री वासुदेव फुलारा ज्यू आवश्यकता भन्दा वढी गलत सुचना प्रचार प्रसार भईरहेको छ भनेर वताईरहनु भएको छ। बरिष्ट कानूनविदवासुदेव फुलारा का अनुसार अहिले कस्ता कस्ता व्यक्तिलाई उनिहरुको देश फिर्ता पठाउने, यो तोकेर चलाईएको डिर्पोटेशन अभियान हो, जो व्यक्ति कुनै पनि कसूर र अपराधिक गतिविधिमा संलग्न छन् उनीहरुलाई फिर्ता पठाउन चलाईएको अभियान हो।

विद्यार्थीहरुलाई भने डिर्पोटेशन हुदैंन। यस विषयमा वहाँ यानेकी बरिष्ट कानूनविद वासुदेव फुलारासंग विशेष सम्वाद कार्यक्रम सम्पन्न हुने भएकोले हजुरहरुका उपरोक्त बिषय र सन्दर्भमा आफ्ना प्रश्न र जिज्ञासाहरु भएमा तल उल्लेखित कार्यक्रम स्थलमा प्रत्यक्ष रुपमा आँफै उपस्थित भएर, हामीलाई जिज्ञासाहरु पठाएर या ईनेप्लिज डट कम मार्फतको लाईव (प्रत्यक्ष) प्रसारण बाट यहाँहरुले आफ्नो प्रश्न अर्थात् जिज्ञासालाई हल गर्न सक्नु हुनेछ।

पुनश्च: तपसिलमा समावेश Flyer मा उल्लेखित बिबरण अनुसार लोकप्रिय संचार माध्यम ईनेप्लिज डट कम को Facebook page बाट प्रत्यक्ष प्रसारण समेत गरिने भएको व्यहोरा अनुरोध गर्दछौं।

यस बिषयलाई हजुरहरुले आफ्नो नाम राखेर वा नराखेर पनि हामीलाई प्रश्न सहित जिज्ञासा राख्न सक्नुहुनेछ। कार्यक्रको निर्धारित मिति, समय, स्थान र सम्बंधित बरिष्ट कानूनविदको पूर्ण विवरण निम्नानुसार भएको व्यहोरा अनुरोध गर्दछौं।

  • मिति: आईतवार, मार्च ९, २०२५
  • समय: २:०० देखि ४: ०० बजे सम्म
    (युएसए पूर्वीय समय अपराह्न)
  • सम्पूर्णतामा प्रख्यात र ख्याति प्राप्त कानूनविद वासुदेव फुलाराबाट आवस्यकीय सरसल्लाह र सुझावहरु प्रष्ट गरिने छ। धन्यवाद!

कार्यक्रम आयोजक संस्थाहरुका तर्फ बाट

विनीत,
कुल गुरुंग
अध्यक्ष
एनआरएनए, मेरिल्यांड च्याप्टर

विशाल कार्की
अध्यक्ष
एनआरएनए, भर्जिनिय च्याप्टर

खगेन्द्र अधिकारी
अध्यक्ष
एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए)

प्रतिक्रिया