तिम्रो दिवस

अच्युत कुइकेल काठमाण्डौं । ९८४१३६५३३८ २०८१ फागुन २४ गते १०:३२ मा प्रकाशित

आधा आकाश ढाक्ने भन्दै,मख्ख पारे तिमिलाइ।
आगो बाली ताप्ने भन्दै ,ढुक्क पारे तिमिलाइ।
दिवस त तिम्रो आयो,खै त आ को चैन?
अरुलाइ ज्योती बाली,पग्ली दिन्छ मैन।।

तिम्रा नाममा धेरै धेरै,ग्रन्थ हरु बने।
तिम्रै लागि कति कति मुटुहरु जले।
हार खाइ तिम्रा सामु कति कति ढले।
पर्खाइमा तिमिलाइ,कति कति गले।

स्वरहरु समानताका ,वुलन्द पार्नु राम्रो।
क्षमता आफ्नो बढाइकन,सेखी झार्नु राम्रो।
आज दिवस तिम्रा नाममा,आउ मनाउ खुसी

कर्तब्यमा नचुक्नु नि,सधै हासिखुसी।। 

 महिला र बालबालिका हातेमालो साथ
अधिकार, समानता र सशक्तिकरण माथ ।
उपलब्धि रक्षा सदा सबको जिम्मेवारी
अघि बढौं सहकार्य अनि साझेदारी।।

२०८१।११।२४

प्रतिक्रिया