नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङको पछि लागेर किचकिच गरिरहेको टिप्पणी गर्नुभएको छ आज (शनिबार) सिन्धुलीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै थापाले आगामी ४/५ महिनामा सेवा अवधि सकिँदै गरेको कुलमानको पछि लाग्नु राम्रो नरहेको बताउनुभएको छ।
‘उर्जा मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ । प्रमुख प्रशासकीय अधिकृतको एउटा प्रकरण सुनिरहेका छौं । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि, बेढंग हो । ३/४ महिनामा सेवा निवृत्त हुने, ३/४ महिनामा सेवा निवृत्त भइसकेपछि एउटा उपयुक्त मान्छे ल्याउने, अनि त्यो संस्थाको नेतृत्व गर्न दिने । सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिन्छ, किचकिच गरिरहेको जस्तो देखिन्छ । यस्ता कुराहरु ठीक होईन, उपयुक्त हुँदैन । यस्ता काममा कोही पनि मन्त्रीहरु लाग्न मिल्दैन थापले बताउनु भयो।
बेद प्रसाद घिमिरे
प्रतिक्रिया