केहीदिनदेखि मुलुकका विभिन्न स्थानमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा बनाउनुपर्ने माग राखेर प्रदर्शनहरु भएका छन् ।
राजतन्त्र पक्षधरहरुले ज्ञानेन्द्र शाहलाई सोझै राजगद्दीमा राखेर राजा घोषणा गर्नुपर्ने बताउँदै आएका छन् ।
यही फागुन ७ गतेदेखि ज्ञानेन्द्र शाह आँफै पनि देशका विभिन्न स्थान पुगेर जनतासँग साक्षात्कार गरिरहेका छन् ।
अहिले उनि पोखरामा छन् । भोलि आइतबार ज्ञानेन्द्र शाह काठमाडौँ फर्कने कार्यक्रम छ । शाहको स्वागतार्थ विभिन्न दलहरु, संस्था र समुहहरुले स्वागतका लागि ठुलो तयारी थालेका छन् ।
देशको पाँचौ ठुलो दल राप्रपाले पनि आफ्ना सबै कार्यक्रम स्थगन गर्दै ज्ञानेन्द्र शाहको स्वागतमा सहभागी हुन अपिल जारी गरेको छ।
बेद प्रसाद घिमिरे
प्रतिक्रिया