एक महिना लामो बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार काठमाडौं आइपुगेका छन् ।
गत माघ २७ गते पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह समिट एयरको चार्टर्ड जहाजबाट दिउँसो ३ बजेर २० मिनेटमा काठमाडौं फर्किएका हुन् ।
उनी काठमाडौं आउने भएपछि सयौँ राजावादीहरू विमानस्थल क्षेत्रमा पुगेका छन् । अहिले पूर्वराजा शाह विमानस्थलबाट बाहिरिएका छन् । उनको स्वागतमा सयौँ राजावादीहरू नारा जुलुससहित जम्मा भइसकेका छन् । उनलाई अब राजावादीहरूले निर्मल निवास लैजाँदैछन् ।
प्रतिक्रिया