प्रवासी नेपाली मञ्च (ओएनएफ) भर्जिनिया राज्य कमिटीको अधिवेशन भर्जिनियाको फेयसफ्यास शहरमा भब्यताका साथ सम्पन्न भएको छ ।
ओएनएफ अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश ईन्चार्ज प्रभु थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले अमन भाटको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
अध्यक्ष – अमन भाट
उपाध्यक्ष – गुंजन गौतम
सचिव – आकाश अधिकारी
सह-सचिव – ज्योती पाठक
सदश्यहरू-
चक्र बि सि
नेलसन सुबेदी दर्पण
अधिवेशनलाई सम्वोधन गर्दै प्रमुख अतिथि ओएनएफ सचिवालय सदस्य थापाले कर्मभूमि अमेरीकामा रहेर जन्मभूमि नेपालको सम्वृद्धिका लागि काम गर्ने संस्था ओएनएफ भएको र बिगतका कोरोना, भुकम्पलगायत विपदमा ओएनएफले नेपालमा मानव जीवन बचाउन लगायत गरेका कामहरुको चर्चा गर्दै प्रवासी नेपालीहरुको भावनालाई सम्मान गर्ने र नेपाली नागरिकताको निरन्तरताको विषयमा लविङ्ग गरिरहेको बताउनु भयो ।
अधिवेशनमा ओएनफका उप-सचिव गोविन्द खनाल, सचिवालय सदस्य दुर्गा बिक, आमन्त्रित सचिवालय सदस्य विजय बगाले, सदस्य गणेश पौडेल, ओएनफका पूर्व सचिवालय सदस्य जित गुरूङ एनआरएनए एनसिसी अमेरीका सचिव दिपक सापकोटा, अतिथि नेपाल सरकारको सुचना विभाग पुर्व मुख्य आयूक्त यशोधा तिम्सिना, समाजसेवि ब्यक्तित्व लाल कुवार, सुन्दर शेर्पा, रूद्र लमसाल लगायतको उपस्थिति मा समंपन्न भएको थियो ।
फेरि पनि यो कमिटीलाई सामाजिक काममा सफलता मिलोस धेरै-धेरै शुभकामना!
प्रतिक्रिया