नेकपा (एकीकृत समाजवादी) ले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन आह्वान गरेको छ।
सोमवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो आह्वान गरेको हो ।
बैठकमा वर्तमान परिस्थितिका बारेमा लामो छलफल भएको र राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरु सल्बलाइरहेको भन्दै गणतन्त्रका बिरुद्धमा षड्यन्त्र हुन नदिन गणतन्त्रवादी शक्तिहरुलाई एक हुन आह्वान गर्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले बताए ।
उनले गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र भएको निस्कर्ष पार्टीको रहेको बताए ।प्रतिगमनकारी, यथास्थितिवादी शक्तिहरुका षड्यन्त्रलाई परास्त गर्न सबै गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बताए ।
उनले भने, ‘वर्तमान परिस्थितिका बारेमा लामो छलफल भयो । कतिपय पार्टीका आन्तरिक सवालहरुमा छलफल भयो । यतिबेला राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरु जुन ढंगले सल्बलाइरहेका छन्, चलखेल गरिरहेका छन्, गणतन्त्रका बिरुद्धमा षड्यन्त्र भइरहेका छन् । त्यसका विषयमा अलि लामो बहस र छलफल भयो । यो गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र हो । पछाडि फर्किन सकिँदैन, पश्चगमन स्वीकार्य छैन र त्यस्ता गतिविधिको बिरुद्धमा हामी छौँ । यस्ता गतिविधिका बिरुद्धमा एकतावद्ध हुन, र संविधान, गणतन्त्रको रक्षा गर्न गणतन्त्रवादी एक हुनुपर्ने बतायका छन।
प्रतिक्रिया