दुबईमा ११५औं अन्तर्राष्ट्रिय नारी दिवस धुमधांमसंग मनायो

लालबहादुर ढेंगा, दुबई, युएई २०८१ फागुन २६ गते २२:०० मा प्रकाशित

दुबई । विश्वभरी हरेक बर्ष ८ मार्चका दिन महिलाहरुको सम्मानमा अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउने गरिन्छ । खासगरी यो दिन नारीहरुको त्याग र समाजप्रतिको बलिदानका लागि महिलाहरुलाई प्रेम, आदर र सम्मान गर्ने दिनको रुपमा संसारभरी नै विभिन्न कार्यक्रमहरुको माध्येमबाट मनाउने प्रचलनमा रहेको छ । नारीहरुको भूमिका घर परिवारदेखि समाज र राष्ट्रको प्रगतिमा समेत रहेको प्रत्येक्ष देख्न सकिन्छ । हाम्रो देश नेपालको सन्दर्भमा हेर्ने हो भने पुरुषहरुको तुलनामा महिलाहरुको जनसंख्या धेरै भएता पनि अझैसम्म दाईजो, घुम्टो र विद्यवा आदि प्रथामा बाढिएको पाईन्छ । तर, विगतमा भन्दा अहिलेको समयमा महिलाहरुको हरेक क्षेत्रमा विकास हुदै गएको छ भने समाजमा पनि धेरै परिवर्तन आई सकेका छन् ।

युएईस्थित कार्यरत श्रमिक महिलाहरुलाई जागरुकता जगाउनका साथ प्रोतसाहन गर्ने उद्देश्यले गएको ९ मार्च २०२५ आईतबारका दिन दुबईस्थित वलिउड रेष्टुरेण्टको हलमा ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर “महिला सशक्तिकरण र नेतृत्व” शिर्षक बक्तुत्वकला प्रतियोगिता कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । युएईमा छरिएर रहेका दिदीबहिनीहरुलाई आत्मविस्वास र चेतना जगाउनका लागि विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपाली समाज युएईले आयोजना गरेको हो ।

वैदेशिक रोजगारीको शिलशिलामा युएईस्थित नेपाली कामदारहरुको संख्या लगभग ६ लाखको हाराहारिमा रहेको तथ्याङ्क गरिन्छ भने महिलाहरुको संख्यामा उल्लेखिय बृद्धि रहेको पाईन्छ । तर, महिलाहरु स्टेज, सामाजिक कार्य या बाहिरी दुनियामा न्यून मात्रामा देखिन्छन् । लगभग १ सयको हाराहारिमा नेपाली सामाजिक संस्थाहरु क्रियाशिल रहेको अवस्थामा महिलाहरुको सहभागिता औलामा गनेर सकिन्छ । यो एउटा महिलाहरुको कम्जोरीपन हो । नेपाली समाज युएईले गरेको नारी दिवस कार्यक्रममा धेरै जसोले पहिलो पटक स्टेमा माईक समाटेर बोलेको बताए । यो कार्यक्रमले आउने दिनहरुमा महिलाहरुको निकै सक्रियता रहने आशा पलाएको छ ।

प्रतियोगिहरुलाई सहज र निश्पक्ष निर्णनय गर्नका लागि ६ जनाको निर्णनायक मण्डल बनाएको थियो । जस्मा कल्पना राई, ओमकुमारी खांण, कमल गिरी, निमेश गिरि, लक्ष्मण खनाल र केदार कुंवर रहेका थिए ।

नेपाली समाज युएईले गत साल दुबईमा यस्तै कार्यक्रम सम्पन्न गरेको थियो । त्यो पहिलो कार्यक्रमबाट प्रेरणा पाएर यो दोस्रो कार्यक्रममा पहिलाको तुलनामा धेरै प्रतियोगिहरुले भाग लिनुका साथ दर्शकहरुको उपस्थितिमा पनि बृद्धि भएको थियो । समाजमा ३६ जना प्रतियोगिहरुले आफ्नो नाम दर्ता गरेता पनि समयको अभावले गर्दा जम्मा २७ जनाले मात्र भाग लिन पाएका थिए । जस्मा प्रथम विजेताको खिताब सरु रेग्मीले हात पारेकी थिईन् भने द्धितीयको खिताब चन्द्रिका ओझाको झोलीमा परेको थियो । त्यसैगरी तृतीय विजेताको भाग तासी डोल्मा शेपालाई परेको थियो । सबै विजेता तथा प्रतियोगिहरुलाई प्रमाण–पत्र र उपहार प्रदान गरिएको थियो । विजेता ३ जनाका लागि पुरस्कार अल दाहाब मनि एक्सचेन्ज (लक्ष्मण अर्याल) ले उपलब्ध गराएका थिए । अन्य प्रतियोगिहरुलाई उपहार व्यूटी क्लिनिक (प्रकाश कार्की) बाट प्राप्त भएको थियो ।

दीप प्रज्वलनसंगै नेपाली राष्ट्रिय गानबाट थालनी भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदूतावास अबुधावीकी कार्यवाहक राजदूत एवं उपनियोग प्रमुख रंजिता दाहाल रहनुभएकी थिईन् भने कार्यक्रमको अध्यक्षता नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले गर्नु भएको थियो । बिशेष अतिथिमा राजदूतावासबाट महामहिम राजदूतको धर्मपत्नी रीता धिताल, सवि चालिसे, शर्मिला भट्टराई, जमुना शर्मा र खुश्बु झा रहेकी थिईन् । त्यसैगरी नेपाल एसोसिएसन एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाही, सामाजिक अभियन्ता तथा नेपाली समाज युएईका पूर्वअध्यक्ष कृष्ण ढकाल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यवसायी र पत्रकारहरु रहेका थिए ।

नेपाली समाज युएईकी सचिव रमा पंथीले संचालन गरेको कार्यक्रममा महिला उपाध्यक्ष लक्ष्मी पौडेलको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमलाई सहज र सरल तरिकाबाट सफल बनाउनका लागि कार्यक्रम संयोजकको जिम्मेवारी महिला विभाग प्रमुख संगीता अधिकारीले पाएकी थिईन् । कुनै पनि कार्यक्रमलाई सफल बनाउन प्रायोजकको ठूलो भूमिका हुन्छ । उक्त प्रायोजकहरुको नामावली यस प्रकार रहेको छ । क्रमशः अल दाहाब मनि एक्सचेन्ज, गायत्र थापा, नमिता थापा, अन्जुल कलेक्शन, गंदेव घिमिरे, बाबुराम सुनार, प्रकाश कार्की रहेका छन् ।

प्रतिक्रिया