मार्च ८ को पहिचान भनेकै अन्तर्राष्ट्रिय नारी दिवस हो । सन १९१० बाट शुरु भएको यो दिवसले यस वर्ष ११५औं बसन्त पार गरेको छ ।
नारीहरुको सम्मानका लागि मनाइने यस दिवसलाई हिमानी ट्रष्ट अमेरिका मेरिल्याण्ड ब्युरोले मार्च ८, २०२५ का दिन भब्य र उल्लासका साथ बाल्टिमोर शहरमा कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रम मेरिल्याण्डको चर्चित नेपाली सामुदायिक संस्था बानाको भवनमा लब्ध प्रतिष्ठित महानुभावहरुको उपस्थितिमा सम्पन्न भयो । हिमानी ट्रष्ट अमेरिका मेरिल्याण्ड ब्युरोद्वारा आयोजित कार्यक्रम ब्युरो की एम्वेसडर केमिका भण्डारीको अध्यक्षतामा र नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमिति सदस्य श्रीमती चन्द्रलक्ष्मी शाहले गर्नु भएको थियो ।
हिमानी ट्रष्ट मेरिल्याण्ड ब्युरो की सुचना तथा संचार निर्देशक पार्वती सिंहको स्वागत मन्तब्यबाट कार्यक्रम शुभारम्भ भएको थियो ।कार्यक्रममा सामाजिक भिम बिकेले नारी दिवसको ईतिहास र वर्तमान सन्दर्भका बारेमा प्रकाश पार्नु भयो । कार्यक्रममा बाना अध्यक्ष सुवोध विलास पन्त, पुर्व अध्यक्ष अनुसुया वन्त श्रेष्ठ, ब्युरोका आर्थिक प्रशासक सुशिला महत, प्रशासनिक प्रशासक राधा शर्मा, वरिष्ठ समाजसेवी पारसमणी श्रेष्ठ, सहभागीका तर्फबाट जयन्ती बोहोराले कार्यक्रमको सफलता, नारी दिवसको महत्व तथा हिमानी ट्रष्टले नेपाल तथा अमेरिकामा गरेका प्रशंसनीय कार्यको उच्च प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारती, सल्लाहकार जितेन गुरुङ तथा कोशीस भण्डारीले नारी दिवस बारे आफ्नो मन्तब्य राख्नु भएको थियो ।
प्रमुख अतिथि चन्द्रलक्ष्मी शाहले नारीहरुले अहिलेको समयमा आफुलाई चुलो चौकोमा सिमित नगरि स्वस्फुर्त रुपमा सामाजिक तथा दैनिक जिवन ब्यवस्थापनका क्षेत्रमा अघि बढ्न अनुरोध गर्नु भयो । नेपाल तथा संसार भरका सफल नारीहरुको उदाहरणीय कार्यको प्रशंसा गर्दै मौलिक कविता वाचन गर्नु भएको थियो ।
अन्त्यमा कार्यक्रमका अध्यक्ष केमिका भण्डारीले हिमानी ट्रष्टकी संरक्षक हिमानी शाहको योगदानको उच्च मुल्यांकन गर्दै उहाँको नेतृत्वमा सम्पूर्ण नारीहरु अघि बढ्न समेत अनुरोध गर्नु भयो । कार्यक्रमको सफलताका उपस्थित महानुभावहरुलाई धन्यवाद र आगामी दिनहरुमा यस्तै सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापन गर्नु भयो ।
कार्यक्रमलाई बानाका अध्यक्ष सुबोध विलास पन्तले आफ्नो ब्यक्तिगत तर्फबाट सहभागिहरुका लागि खानाको ब्यवस्था गरि दिनु भएको थियो ।
कार्यक्रम संचालन दमन विक्रम शाहले गर्नु भएको थियो ।
प्रतिक्रिया