देशमा आफ्नै हात सिरानी लगाएर
निधाइदिने मेरा कोमल आँखाहरु
परदेशमा नरम कपासको सिरानीले पनि दुखाउँछ
र पटक्कै निन्द्रा पर्दैन
बलैले निदाउन खोज्छु
छिनमै निद भङ्ग हुन्छ।
आज पनि निन्द्रा टुट्यो
सपनामा घर पुगेको थिएँ
गाउँ पुगेको थिएँ
खुब रमाउँदै उड्दैगरेको जुनकीरी पछ्याइरहेथें
झल्यास्स ब्युँझिएं
र सम्झिएँ मेरो मन्दिरजस्तो घर,
देबताजस्ता परिवार,मेरो गाउँ मेरा बालसखा
उड्दै गरेको जुनकीरी हेर्दै हामी
साँझसँगै खेल्थ्यौं
आज यो अनकण्टार भूमिमा साँझ त पर्छ
तर उताका जस्तै जुनकीरी छैनन्
कता गए होला ती जुनकीरी?
जो, अन्धेरी रातलाई पानी उज्यालो चाड पर्व जस्तै झिलिमिली, बनाउथे।
कता गए खै ती मेरा बालापन जो, सधै रमाउथे ग
सझ परेपछि साथीभाइ निस्किन्थ्यौ हामी, कहिलेव जुनकीरीको उज्यालो पछ्याउँदै,
कहिले जुन हेर्दै तारा हेर्दै
सायद,बालापनसँगै उडेर गए होला जुनकीरी
जो, अन्धेरी रातलाई पानी उज्यालो चाड पर्व जस्तै झिलिमिली, बनाउथे!ल।
लोडसेडिङको बेला
मेरो अँध्यारोका साथी जुनकीरी,
जसलाई हत्केलामा बोकी
रोमन बलेको दियोजस्तै घुमाउँथ्यो
छिनमै रकेटजस्तै उडाइदिन्थ्यो आदिम
रोशन हेरिरहन्थ्यो।
खै!कता छुटे त्यो लोभलाग्दो बालापन?
फर्केर आए हुन्थ्यो त्यही समय एकफेर
एकपटक हात समाएर हिंडब पाए हुन्थ्यो
फेरी त्यै बालापनसँग
फेरी त्यही जुनकीरीको साँझ कैले फर्किन्छ?
मेरा बालसखा!
तिमीहरुसँगै फेरि यात्रा गर्ने साइत लिएर
त्यो बचपन कहिले आउँछ?
मैले लामो बाल्यकाल छोडिसकें
मेरी आमा मलाई अहिले पनि
सानो बालक सम्झनुहुन्छ
आगमन पराजुली
आसल्याण्ड युनिभर्सिटी अमेरिका।
प्रतिक्रिया